• २०८१ बैशाख ६ बिहीबार

धनगढी पुगेर प्रचण्डले भने- अर्ली इलेक्सनको सम्भावना छैन

kharibot

धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्ली इलेक्सनकाे सम्भावना नरहेकाे बताएका छन् ।

एमालेकाे अवराेधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।

साेमबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने-एमालेले दुई पटक संसद विघटन गर्यो । अहिले संसद चल्न दिएकाे छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे छ । त्याे सत्य हाेइन ।'

३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाे र अब साेही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।

सुदूरपश्चिम सरकारमा कांग्रेसको इन्ट्रि हुने

सुदूरपश्चिम  प्रदेश सरकारमा नेपाली कांग्रेसको इन्ट्रि हुने भएको छ । तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले  कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेकाे बताए । 'चुनाव आएकाे छ, कांग्रेसले पनि सरकारमा जान चाहेकाे छ,'  प्रचण्डले भने, 'एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बाेलाएर कांग्रेस भित्र्याउने सहमति भएकाे छ ।' यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएकाे उनले बताए । 

हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसकाे समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्‍मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै