काभ्रेपलाञ्चोकबाट विद्युत् चोरीमा संलग्न नौ पक्राउ

खरीबोट
ad

बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाबाट तानेर विद्युत् चोरी गरेका नौ जना आज पक्राउ परेका छन् । 

उनीहरुलाई विद्युत् चोरी गरिरहेका अवस्थामा पक्राउ गरी इप्रका बनेपाको हिरासतमा लिइएको नेपाल विद्युत् प्राधिकरण, काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए । पक्राउ परेकाबाट तार, मोटर, फ्रिज, टिभीलगायत विद्युतीय सामग्रीसमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका–३ का गोपालसिंह तामाङ र काले तामाङ, मण्डनदेउपुर नगरपलिका–३ का सानुकान्छा तामाङ र जीवनाथ ढकाल तथा मण्डनदेउपुर–४ का राजकुमार परियार, रामबहादुर नेपाली, भीमप्रसाद काफ्ले, रामकुमार तामाङ र मण्डनदेउपुर–८ का रामचन्द्र खतिवडा छन् । 

वितरण केन्द्रका प्रमुख यादवले मण्डनदेउपुरबाहेक पनौती र नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिकालगायत स्थानबाट पनि विद्युत् चोरी भएको उजुरी आएको बताए । आव २०७३÷०७४ मा विद्युत् चोरीका आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ परेका थिए । यससँगै विद्युत् चोरी गर्नेको संख्या ५८ पुगेको छ ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशमा प्रकाण्ड रिहा, यसपटक पक्राउ परेनन् 

काठमाडौं।  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएपछि उनलाई प्रहरीले रिहा गरेको छ । सर्वोच्चले

काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित २ जना पक्राउ

काठमाडौं।  काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित २ जना पक्राउ परेका छन् । सोमबार साँझ काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित रसुवा गोसाईकुण्ड गाउँपालिकाका २४ वर्षीय नरबहादुर घले र सोही गाउँपालिकाका

टर्की लगेर अलपत्र पार्ने अदै पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक मानव तस्करलाई पक्राउ गरेको छ । बाग्लुंग ढोरपाटनका काठमाडौं बस्दै आएका वीर बहादुर अदै पक्राउ परेका हुन् ।  दुई जनालाई युरोपको ग्रिसमा काममा लगाइदिने

रौतहट प्रहरीद्वारा पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी 

रौतहट।  विभिन्न आयोजनाको ठेक्का लिंदै अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न प्रहरीले पुर्जी काटेको छ । गएको भदौ ९ गते रौतहटको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनामा दोषी