• २०८१ बैशाख ८ शनिबार

एनसेल 'एसियन टेलिकम अवार्ड २०२२' का दुई विधामा पुरस्कृत

kharibot

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् ।

सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । यस अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्दै आइरहेको छ । यस अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको थियो । 

कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरे । बजारमा विभिन्न चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड–१९ को महामारीमाझ देशभर विभिन्न आमसञ्चारमाध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएबापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको  हो । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो । 

“प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौं । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ । हामीले सन् २०२० देखि कोभिड–१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेसन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो,“ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “हाम्रा उपलब्धिहरू हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन् । म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु ।“

सरकारलाई कोरोनाभाइरस रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु। १० करोड योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो । कम्पनीले  आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी ९सीएसआर० अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारीको रोकथामको लागि जनसचेतना अभिवृद्घि गर्ने काम गरेको छ ।

पूर्वाधारको क्षेत्रमा एनसेलले भूकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ स्थापना गरेको छ । यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पु¥याउनेछ । यस किसिमको आधुनिक डेटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एसियाकै पहिलो हो । यो पूर्वाधार हालसम्म कम्पनीले ठूलो लगानी गरेका आयोजनामध्ये एक हो । यसले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा सहयोग पु¥याउँदै डिजिटल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान गर्नेछ ।

२०७२ सालको महाभूकम्पले पारेको प्रभावलाई मध्यनजर गर्दै विपद्सँग थप व्यवस्थित तथा उचित प्रतिकार्य गर्न सकिने गरी एनसेलले यो डेटा सेन्टर स्थापना गरेको हो । यसले बैंक तथा वित्तीय संस्था, बिमालगायत विभिन्न कम्पनीलाई आफ्ना डेटामा आधारित व्यवसाय विस्तार गर्न र उनीहरूको आवश्यकताअनुसार भरपर्दो कनेक्टिभिटी प्रदान गर्न मद्दत गर्छ ।

गत वर्ष अर्थात् २०२१ मा पनि एनसेल ‘आजियाटा सिनियर लिडरसिप अवार्ड २०२१’ अन्तर्गत ‘मस्ट इम्प्याक्टफुल सस्टेनेबिलिटी इनिसिएटिभ’, ‘बेस्ट ओभरअल कोभिड–१९ रेस्पोन्स’, ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ मा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’, ‘वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेस् अलाएन्स ९विट्सा०बाट ‘मेरिट विनर’का रूपमा ‘ई–हेल्थ सोलुसन अवार्ड ९प्राइभेट सेक्टर/एनजीओ०’, ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ मा ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड तथा ‘एचआर मिट २०२१’ मा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ बाट सम्मानित भएको थियो ।

त्यसैगरी गत वर्ष नै एनसेलले ‘एसियाज बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड २०२१’, ‘एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन ९एसोसीओ० अवार्ड’को ‘हेल्थटेक अवार्ड २०२१’ र ‘सस्टेनेबिलिटी लिडरसिप’का लागि एनसेल र डायलग आजियाटाले अन्य साझेदारका साथ ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ प्राप्त गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै