बाल साहित्यकार अधिकारीको कवितासंग्रह ‘धर्तीमाताको काखमा’ विमोचन

खरीबोट
ad

काठमाडौँ ।  बाल साहित्यकार मारिया अधिकारीद्वारा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रह विमोचन भएको छ । 

हेड्स नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा १० वर्षीया बालिका अधिकारीद्वारा अंग्रेजी भाषामा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रहको वरिष्ठ साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ले विमोचन गरेका हुन् । 

साहित्यकार श्यामलले नेपाली बालिकाले अंग्रेजी साहित्यमा विभिन्न कवितामार्फत खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाली बिम्वलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन सकेमात्र ठूलो सफलता हासिल हुने बताए । 

पाँच कक्षामा अध्ययनरत अधिकारी नर्सरीसम्मको पढाइ नेपालमा र त्यसपछिको पढाइ अमेरिकामा पढ्दै आएका छन्  । उनी बुबा कृष्ण अधिकारी र आमा अनुपमा शर्मासँग कोलोराडो बस्दै आएका छन्  । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कर्णबहादुर बानियाँले नेपालमा बाल साहित्य समाज गठन भए पनि उक्त समाजले सोचेजस्तो काम गर्न नसकेको बताए । 

वरिष्ठ साहित्यकार बद्री खनालले कविता जबर्जस्ती नलेखिने र कविता लेख्न प्रतिभा चाहिने र उक्त प्रतिभा मारियासँग भएको उल्लेख गरे । हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँ, साहित्यकार एवं वरिष्ठ पत्रकार रमेश पौडेल, हेड्स नेपालका उपाध्यक्ष पुष्पराज पौडेललगायतले मारियाको कवितासंग्रहले विश्वका बालबालिकामा साहित्यप्रतिको नयाँ सन्देश दिएको बताए । 

एक वर्ष लगाएर लेखिएको उक्त कवितासंग्रहमा सामाजिक, सांस्कृतिक, प्राकृतिक क्षेत्रका २९ कविता समावेश भएको छ ।

सम्बन्धित समाचार

संघीयता बुझाउने 'नेपालमा संघीयता र राजनीतिक-आर्थिक बहाव' पुस्तक विमोचन

काठमाडौँ। लेखक विनोद न्यौपानेले लेखेको 'नेपालमा संघीयता र राजनीतिक-आर्थिक बहाव' विषयक पुस्तक काठमाडौँमा शनिबार विमोचन गरिएको छ। वरिष्ठ पत्रकार भैरव रिसालले एक कार्यक्रमका बीच न्यौपानेको पुस्तक बिमोचन गरेका छन्।  पुस्तक विमोचन कार्यक्रममा बोल्दै

बाल साहित्यकार अधिकारीको कवितासंग्रह ‘धर्तीमाताको काखमा’ विमोचन

काठमाडौँ ।  बाल साहित्यकार मारिया अधिकारीद्वारा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रह विमोचन भएको छ ।  हेड्स नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा १० वर्षीया बालिका अधिकारीद्वारा अंग्रेजी भाषामा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रहको वरिष्ठ साहित्यकार हरिहर

मदनकृष्णको आत्मकथा ‘महको म’ को विमोचन 

काठमाडौँ ।  मदनकृष्ण श्रेष्ठको आत्मकथा 'महको म'को कलाकार एवं लेखक हरिवंश आचार्यले एक कार्यक्रमका बीच विमोचन गरेका छन् ।  काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा मदनकृष्ण श्रेष्ठको आत्मकथा विमोचन भएको हो