• २०८१ बैशाख ५ बुधबार

रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि आर्मीले जित्यो 

kharibot

बारा । रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लवलाई २–० ले हराउँदै आर्मीले उपाधी जितेको हो ।

आर्मीका लागि दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे  । उपाधिसँगै आर्मीले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पनि जितेको छ । 

यो सँगै आर्मीले यो सिजन ५ वटा  घरेलु उपाधि पनि जितेको छ । आर्मीले यसअघि २०७१ सालमा सिमरा गोल्डकपको उपाधि जितेको थियो । थ्रिस्टारले भने अहिलेसम्म सिमरा गोल्डकपको उपाधि जितेको छैन । आर्मीले यसअघि २०७१ मा सिमरा गोल्ड कपको उपाधि जितेको थियो । 

सिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता 

२०७४ त्रिभुवन आर्मी क्लब
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मस्र्याङदी क्लब
२०६८ मनाङ मस्र्याङदी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर सहिद स्मृति क्लब
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै