• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश ५ को उपसभामुखमा वाम गठबन्धन र काँग्रेसको उम्मेदवारी

kharibot

बुटवल ।  प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं ५ मा विकले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।  

उनको प्रस्तावकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल र अर्का सदस्य रमा अर्याल समर्थक रहेकी छन्  । यसअघि आजै नेकपा (एमाले) प्रदेशसभा सदस्य कृष्णी थारुले एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार बस्ने प्रदेशसभाको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ । 

प्रदेशसभामा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धनको प्रष्ट बहुमत छ । प्रदेशसभाका ८७ सदस्यमध्ये एमालेका ४१, माओवादी केन्द्रका २० र नेपाली काँगे्रसका १९, संघीय समाजवादी फोरमका पाँच, राष्ट्रिय जनमोर्चाका एक र राजपाको एक सदस्य बिन पन्तले शपथ नै लिनुभएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै