काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले इबरलाई २-० ले पराजित गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वरेज र जोर्डी अल्बाले गोल गरेका थिए ।
खेलको १६औ मिनेटमा स्वरेजको गोलले सुरुवाती अग्रता लिएको बर्सिलोनाले त्यसपछि गोल गर्न भने संघर्ष गर्नु परेको थियो । अल्बाले खेलको ८८औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाएका थिए ।
खेलको ६६औ मिनेटमा दोहोरो पहेलो कार्ड पाउदै इबरका फाबिया ओरेलेनाले मैदान छाडेपछि इबर १० खेलाडीमा सिमित भएको थियो ।
जितपछि बार्सिलोनाको २४ खेलमा ६२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एथलेटिको भन्दा १० अंकले अगाडी रहेको छ । त्यस्तै रियल म्याड्रिडसँग भने २० अंकको अग्रता भएको छ ।