• २०८१ बैशाख ८ शनिबार

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड चयन

kharibot

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

आइतबार विहान बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । 

बैठकले पार्टीका समानुपातिक तर्फ विजयी सांसदलाई प्रमाणपत्र समेत वितरण गरेको छ । त्यस्तै बैठकमा पार्टी एकता तथा आगामी रणनीतिबारे छलफल भएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताकै विषयमा छलफल गर्न लागेको प्रचण्डले जानकारी गराएको बताइएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै