• २०८१ बैशाख ७ शुक्रबार

एनआईबिएल इन्टर–बैंक फुटसल प्रतियोगिता सम्पन्न

kharibot

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३२औं वाषिकोत्सवको अवसरमा एनआईबिएल इन्टर–बैंक फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

फुटसल प्रतियोगितामा एनआईसि एसिया बैंक लि.ले ट्राईब्रेक्ररमा ३–२ को अन्तरले नेपाल इन्भेष्टमेण्ट बैंक लि.लाई हराउदै विजयी भएको थियो । 

उक्त  प्रतियोगितामा १५ वटा  बैंकका १६ टिमले सहभागिता जनाएका थिए । काठमाडौंको सामाखुशीस्थित सामाखुशी फुटसलमा भएको प्रतियोगितामा  एनआईसि एसिया बैंक लि.का अनिल ढकाल उत्कृष्ट गोल किपर घोषित भएका थिए । प्रतियोगिताको समापन समारोहमा बिजयी टिमलाई नेपाल इन्भेष्टमेण्ट बैंक लि.का संचालक द्वय प्रजन्य राजभण्डारी र भुवनेश्वर प्रसाद शाहले खेल सकिएलगत्तै सोहि स्थानमा पुरस्कार वितरण गरेका थिए । 

प्रथम बिजेताले ट्रफि  सहित पोखराकोको टुर प्याकेज, दोस्रो बिजेता तथा अन्य विधाका बिजेताहरुले ट्रफि  सहित नगरकोटमा एकदिनको रिफ्रेसमेन्ट प्याकोज प्राप्त गरेका छन् । 

“प्ले फर फन” नारासहित आयोजित प्रतियोगितामा नेपाल इन्भेष्टमेण्ट बैंक लि. रातो र निलो, नेपाल राष्ट्र बैंक लि., नेपाल बैंक लि., कृषि विकास बैंक लि., सनराइज बैंक लि.,ग्लोबल आइएमई बैंक लि., माच्छापुच्छ्रे बैंक लि., सिटिजन इन्टरनेश्नल बैंक लि, एनएमबी बैंक लि., नविल बैंक लि., बैंक अफ काठमान्डौं लुम्बिनी, एनआइसी एसिया बैंक लि., कुमारी बैंक लि., मेगा बैंक नेपाल लि. र नेपाल एसबिआई बैंक लि.ले सहभागि जनाएका थिए ।

फुटसल प्रतियोगिता सफल बनाउन जगदम्बा स्टिल, स्यामसुङ मोबाइल ९क्ष्ःक्०, ग्लोबल रिच, रेडबुल,  वयोदा हस्पिटल र गोलस्टार सुज कम्पनीले सहयोग गरेका थिए ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएम पुगेको छ ।  ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप रु.१३० अर्ब तथा कूल कर्जा लगानी रु. ११४ अर्ब पुगेको छ ।

सन् १९८६ मा स्थापना भएको नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले तीन दशक पार गरिसक्दा पाँच पटकसम्म बैंक अफ द इयर अवार्ड प्राप्त गरिसकेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै