• २०८१ बैशाख १४ शुक्रबार

संसद सदस्यको आवश्यक सङ्ख्या नपुग्दा इराकमा राष्ट्रपतिको मतदान पुनः सर्यो

kharibot

बगदाद । इराकको संसद्ले आवश्यक सांसद सदस्यको अभावमा नयाँ राष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार सम्पन्न हुन सकेन ।

यस पहिले फेब्रुअरी ७ तारिखका लागि तय भएको उक्त निर्वाचन कुर्दिस्तान डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका हुश्यार झबारीलाई कानुनी विवाद देखाएर निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोक्ने षड्यन्त्र भएको भन्दै उनका समर्थक तथा शुभचिन्तकले विरोध गरेपछि अवरूद्ध भएको थियो ।

गत अक्टोबरको आम निर्वाचनमा न्यून मतदान भएको, मतदान पछिका हिंसा धम्कीलगायतका कारण अन्तिम परिणाम पुष्टि हुन समय लागेकोल थियो । निर्वाचनमा स्पष्ट बहुमत कसैको पक्षमा नआएपछि इराकमा राजनीतिक अन्योल कायम भएको थियो ।

मुस्तफा अल–काधेमीलाई सफल पार्न नयाँ प्रधानमन्त्रीमा सहमति गर्न राजनीतिक समूहहरूबीच तीव्र वार्तापछि बहुमतसहितको संसदीय गठबन्धन बन्न सकेको छैन ।

मोक्तादा साद्रको नेतृत्वमा रहेको सबैभन्दा ठूलो राजनैतिक दलले झबारीलाई राष्ट्रपति पदका लागि समर्थन गरेपछि राष्ट्रपतीय प्रतिस्पर्धामा उहाँको स्थान सबल बनेको छ । 

शनिबारको संसद सत्रमा कूल ३२९ सांसद सदस्यमध्ये २०२ जना मात्र मतदानका लागि उपस्थित भएपछि राष्ट्रपतिको मतदानका लागि आवश्यक संवैधानिक अड्चन देखा परेको संसद्का एक अधिकारीले एएफपीलाई आफ्नो नाम नबताउने शर्तमा बताए । संबिधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउन कम्तीमा दुई तिहाई सदस्य उपस्थित हुन आवश्यक छ ।

संसदको आगामी अधिवेशन बुधबारका लागि बोलाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै