• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा (फोटो फिचर)

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटार सरेका छन् ।

प्रधानमन्त्री ओली साँझ साढे ६ बजे मात्र बालुवाटार प्रवेश गरेका हुन् । यस अघि अपराहृन ४ बजे बालुवाटार जाने तय भए पनि साढे ६ बजे मात्र बालुवाटार प्रवेश गरेका हुन् । 

बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका ओली बालुवाटार प्रवेशका क्रममा आफ्नो पहिलो कार्यकालमा रोपिएको पिपलको वृक्षमा पानी हालेर ओली दम्पत्ति बालुवाटार प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सर्वसाधरणसहित एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । बालुवाटारमा उनलाई नेपाली सेनाको टुकडीले स्वागत गरेको थियो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटार छाडेका थिए ।
 

तस्बिर: रासस 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै