एउटै खेलमा १० खेलाडीले पाए रातो कार्ड, ८ जनाले पहेलो कार्ड (भिडियो सहित) 

खरीबोट
ad

काठमाडौँ । फुटबलमा कहिले काँही रोचक घटना हुने गर्दछन । ब्राजिलमा भएको एउटा खेलमा यस्तै रोचक घटना घटेको छ । आफ्नो फुटबल कला र खेलले विश्वभर चिनिने ब्राजिलको फुटबल गएराती भने खेलमा भएको भिडन्तका कारण चर्चामा आएको छ ।

गएराती भएको एउटै खेलमा रेफ्रीले १० वटा रातो कार्ड र ८ वटा पहेलो कार्ड देखाएका छन् ।

ब्राजिलको बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगितामा बाहिया र भिटोरिया क्लबबीचको खेलमा रेफ्रिले १० वटा रातो कार्ड देखाएपछि खेल नै स्थगित भएको थियो ।

खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १–० को अग्रता लिएको थियो । दोस्रो हाफको ५०औ मिनेटमा बाहियाले पाएको पेनाल्टीलाई गोल गरेपछि खेलमा तनाव सुरू भएको थियो ।

तनावले उग्र रूप लिएपछि मैदानमा दुबै खेलाडी एक आफसमा भिडन्त गरेका थिए । खेलाडीहरुले एक आपसमा मुक्का हान्न थालेपछि खेल १६ मिनेट अवरुद्ध भएको थियो । त्यसपछि रेफ्रीले आठ खेलाडीलाई रातो कार्ड देखाए । अझै झगडा शान्त नभएपछि थप दुई खेलाडीले रातो कार्ड दिँदै कुल १० खेलाडीलाई रातो कार्ड देखाएका थिए । खेलका क्रममा दुवै टोलीका ५–५ खेलाडीले रातो कार्ड पाएका थिए । रेफ्रीले ८ जनालाई पहेलो कार्ड पनि देखाएका थिए ।

खेल भैरहन एक टिममा कम्तिमा सात खेलाडी हुनुपर्ने भएकाले दुवै टिममा ६-६ खेलाडी मात्र बचेकाले रेफ्रीले खेल निर्धारित समय भन्दा ११ मिनेट पहिला नै स्थगित गरेका थिए ।

सम्बन्धित समाचार

ज्यान मान्छेको टाउको सिंहको ! अपरेसन गरेपछि यस्तो देखियो 

दक्षिण एसिया । भारतको तमिल नाडुका एक जनाको अनुहार सिंहको जस्तै भएका कारण प्लाष्टिक सर्जरी गरिएको छ । सुुरेश नामका एक जनामा सिंहको अनुहार आउने सिन्ड्रोम देखिएको हो ।  यस्तो समस्या

एउटा अनुहार जसले एक अर्ब डलरको सुन्दरताको साम्राज्य खडा गर्यो  

काठमाडौँ। फोर्ब्सले सार्वजनिक गरेको ‘अमेरिकाका सेल्फमेड महिला’नामक एक सूची अनुसार ६० धनीमध्ये ७ जना महिलाले सौन्दर्यका कारण आफ्नो भाग्य बनाएका छन् । ३४ वर्षीय व्यवसायी हुडा कट्टान उक्त सूचीको ३७औं

बलिवुडको पहिलो फिल्म राजा हरिशचन्द्रका केहि रोचक तथ्य 

मुम्बई । बलिवुडमा पहिलो फिल्म बनेको सय बर्षभन्दा बढी समय भइसकेको छ । सन १९१३ मा कैयौ मुस्किलको सामना गर्दै राजा हरिशचन्द्र फिल्मको निर्माण गरियो जसले बलिवुड फिल्म इतिहासमा आफुलाई सधै

बकिंघम दरबारमा भित्रिइन् मर्केल, यस्तो छ उनको रोचक विगत

काठमाडौँ । चर्चित अमेरिकी अभिनेत्री तथा मानवतावादी काममा सक्रिय मेघन मर्केल बेलायती राजदरबार बकिंघममा भित्रिएकी छिन् । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न


z