• २०८१ बैशाख ६ बिहीबार

एउटै खेलमा १० खेलाडीले पाए रातो कार्ड, ८ जनाले पहेलो कार्ड (भिडियो सहित) 

kharibot

काठमाडौँ । फुटबलमा कहिले काँही रोचक घटना हुने गर्दछन । ब्राजिलमा भएको एउटा खेलमा यस्तै रोचक घटना घटेको छ । आफ्नो फुटबल कला र खेलले विश्वभर चिनिने ब्राजिलको फुटबल गएराती भने खेलमा भएको भिडन्तका कारण चर्चामा आएको छ ।

गएराती भएको एउटै खेलमा रेफ्रीले १० वटा रातो कार्ड र ८ वटा पहेलो कार्ड देखाएका छन् ।

ब्राजिलको बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगितामा बाहिया र भिटोरिया क्लबबीचको खेलमा रेफ्रिले १० वटा रातो कार्ड देखाएपछि खेल नै स्थगित भएको थियो ।

खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १–० को अग्रता लिएको थियो । दोस्रो हाफको ५०औ मिनेटमा बाहियाले पाएको पेनाल्टीलाई गोल गरेपछि खेलमा तनाव सुरू भएको थियो ।

तनावले उग्र रूप लिएपछि मैदानमा दुबै खेलाडी एक आफसमा भिडन्त गरेका थिए । खेलाडीहरुले एक आपसमा मुक्का हान्न थालेपछि खेल १६ मिनेट अवरुद्ध भएको थियो । त्यसपछि रेफ्रीले आठ खेलाडीलाई रातो कार्ड देखाए । अझै झगडा शान्त नभएपछि थप दुई खेलाडीले रातो कार्ड दिँदै कुल १० खेलाडीलाई रातो कार्ड देखाएका थिए । खेलका क्रममा दुवै टोलीका ५–५ खेलाडीले रातो कार्ड पाएका थिए । रेफ्रीले ८ जनालाई पहेलो कार्ड पनि देखाएका थिए ।

खेल भैरहन एक टिममा कम्तिमा सात खेलाडी हुनुपर्ने भएकाले दुवै टिममा ६-६ खेलाडी मात्र बचेकाले रेफ्रीले खेल निर्धारित समय भन्दा ११ मिनेट पहिला नै स्थगित गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै