• २०८१ बैशाख ११ मंगलबार

इराकी संसद राष्ट्रपति निर्वाचित गर्न तेस्रो पटक असफल

kharibot

बगदाद । इराकका कानून व्यवसायीहरूले बुधबार नयाँ राष्ट्रपतिको निर्वाचन गर्न तेस्रो पटक असफल भएका छन् ।

निर्वाचनका लागि संसदमा आवश्यक पर्ने सांसद सदस्यको सङ्ख्या अभावका कारण युद्धग्रस्त यस मुलुकमा राजनीतिक अन्यौलता लम्बिँदै गइरहेको अधिकारीहरूले बताएका छन् ।

संसदको सञ्चार शाखाले निर्बाचनको नयाँ मितिबारे केही नजनाइकन जारी विज्ञप्तिमा भनिएको छ, “विधानसभाले थप सूचना नभएसम्मका लागि संसदको बैठक स्थगित गरेको छ ।  

संसदीय स्रोतले एएफपीलाई बताएअनुसार ३२९ मध्ये १७८ जना मात्र उपस्थित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । 

निर्वाचन प्रक्रिया अघि बढाउनका लागि संसद सदस्यको दुई तिहाई सङ्ख्या आवश्यक पर्ने इराकी संविधानमा व्यवस्था गरिएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै