• २०८१ बैशाख १२ बुधबार

अर्को पुस्ताको आइफोन एक्स ल्याउने तयारीमा एप्पल ! 

kharibot

उत्तर अमेरिका । एप्पलको आइफोन १० लन्च भएको भर्खर चार महिना पुग्दै छ । यसै वर्ष यसका नयाँ भर्जन लन्च हुन सक्ने सम्भावना बढेको एजेन्सीहरुले जनाएका हुन् । हालैको  समाचारअनुसार आउने नेक्स्ट जेनेरेसन आइफोन एक्सको डिजाइन र अब आउँदै गरेको आइफोन एक्सको डिजाइन छुट्टै हुनेछ ।   

सन् २०१८ को आइफोन एक्समा छोटा प्यानल दिइने र ट्रु डेप्थ सिष्टमको केही विकास गरिनेछ । पछिल्लो वर्षको जस्तै यस वर्ष नयाँ मोडल लन्च गर्न सक्ने जनाएको छ । त्यस्तै, आईफोन एक्सबाहेक ठूलो आकारको आईफोन एक्स र एउटा ६.१ इन्चको एलसीडी मोडल पनि सामेल रहेको छ । 

उक्त लिस्टमा नेक्स जेनेरेशन आइफोन एक्सको साथै एउटा ठुलो साइजको  आइफोन एक्सको मोडेल समावेश गरिएको छ । विश्लेषकहरुका अनुसार एप्पल अब आफ्नो भविष्यमा आइफोनको लागि रियर फेसिङ ट्रुडेप्थ कामको लागि काम गरिरहेको छ । तर अहिले नै यसको लञ्चको सम्भव कम देखिन्छ । नयाँ

मोडलको यो आइफोन २०१९ सम्ममा लन्च सम्भव हुनसक्छ । उनीहरुका अनुसार यसको काम अझै चलिरहेको छ  र यसको पूरा हुनको लागि १८ महिना लाग्ने हुँदा अहिले नै केही भन्न सकिँदैन । 

  • नवभारत टाइम्सबाट अनुदित ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै