• २०८१ बैशाख ७ शुक्रबार

‘न्यायसम्पादनमा इतिहासमै धेरै प्रगति’

kharibot

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताएका छन् । 

बालसुधार गृह सानोठिमीले आयोजना गरेको कार्यक्रममा उनले आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र विगतमा डेढ वर्षसम्म अवरुद्ध संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषय निरन्तर निरुपण भइरहेको बताए । 

बालबालिका, ज्येष्ठ नागरिक, अपांगतायुक्त व्यक्तिलगायत मुद्दालाई विशेष प्राथमिकतामा राखेर आफूले सुनुवाइ गरिरहेको जिकिर उनले गरे । प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडिया सत्यता उजागर गर्नका लागि विकास भएको हुँदा एकार्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताएका हुन् । समाजमा आफूलाई नै ठूलो ठान्ने खेती भइरहेको बताउँदै प्रधानन्यायाधीश पराजुलीले समाचार सत्यता र शिष्टतामा आधारित हुनुपर्ने औँल्याए । 

बाल न्याय समन्वय समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले बालसुधार गृहलाई समयसापेक्ष आधुनिक र न्यायिक बनाउँदै लैजानुपर्ने बताए । नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर विभिन्न किसिमका शिक्षा प्रदान गर्ने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै