• २०८१ बैशाख ६ बिहीबार

जीतपुरसिमरा गोल्डकप: उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

kharibot

बारा । बाराको सिमरामा जारी जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार विभागिय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । जिल्लाको सिमरा रंगशालामा हुँने अन्तिम भिडन्तमा दुबै टोली उपाधी जित्ने दाउमा हुँने छ । 

दुबै टोलीका लागि यो उपाधी महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधी उचाल्न खोज्दा एनआरटी पहिलो उपाधी आफ्नों नाममा लेखाउने रणनितिमा हुँने छ । यस अघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाईनलमा मनाङ्गलाई टाई ब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधी जितेको थियो । 

आहा रारा बाहेक एपीएफको यो चौथो प्रतियोगिता हो । झापा र बाग्मतीमा भएको प्रतियोगितामा पराजित हुँदै एपीएफ जीतपुरसिमरा गोल्डकप सम्म आई पुगेको हो । एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । सिमरा आउँनु अघि एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग लिएको थियो । 

दुबै प्रतियोगितामा एनआरटीका लागि बाग्मती बाधक बनेको थियो । बाग्मतीसँग दुई वटा प्रतियोगितामा पराजित हुँदै सिमरा आई पुगेको एनआरटी पहिलो खेलमा बिजय युथ क्लब हेटौंडा र दोस्रो खेलमा आयोजक जनजागृति युवा क्लबलाई पन्छाउँदै उपाधी होडमा उभिएको हो । 

एपीएफले भने फाईलनको यात्रा तय गर्ने क्रममा हिमालयन शेर्पा क्लब र बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । 

जीतपुरसिमरा गोल्डकपको १२औं संस्करण सम्म आई पुग्दा ११ वटा संस्करणमा भाग लिएको एपीएफले उपाधी उचाल्न सकेको छैन् ।  दोस्रो संस्करणमा फाईलनमा पुगेको एपीएफ हिमालयन शेर्पासँग पराजित हुँदै उपविजेता बनेको थियो । 

एक संस्करण बाहेक अन्य ११ संस्करणमा निरन्तर सहभागी हुँदै आएको एपीएफका लागि जीतपुरसिमरा गोल्डकपको उपाधी आँफैमा महत्वपूर्ण छ । त्यसैले पनि एनआरटीलाई हराएर एपीएफ पहिलो पटक गोल्डकपको उपाधी उचाल्न चाहन्छ । 

उता एपीएफका प्रशिक्षक कुमार थापाले भने यस पटक जीतपुरसिमरा गोल्डकपमा आफ्नों नाम लेखाएर फर्कने बताए । लामो समय सम्मको सहभागितामा पनि उपाधी जित्न नसक्दा निराश रहेको भन्दै थापाले यस पटक उक्त अवसर प्राप्त भएकाले १२ औं संस्करणको बिजेता बन्नेमा ढुक्क रहेको थापाको भनाई थियो । 

थापाले उपाधी उचाल्ने बताई रहँदा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने आफ्नैं टिमले जित्ने दाबी गर्छन् । एपीएफ बलियो टोली भए पनि एनआरटी कमजोर नरहेको शाक्यको भनाई थियो ।   

शाक्यले यो सिजनको उपाधी जीतपुरसिमरा गोल्डकप उचालेर घर फर्कने बताए । उनले एनआरटीका लागि यो उपाधी निकै महत्वपूर्ण रहेको बताएका छन् । 

ए डिभिजन लिग बाहेक जारी सिजनमा एपीएफ र एनआरटीको यो पहिलो भेट हो । काठमाण्डौंमा सम्पन्न लिगमा दुबै टिमले ३/३ को बराबरी खेलेका थिए । 

लिग पछि मोफसलको प्रतियोगितामा पहिलो पटक भेटन लागेका दुई टिम बिचको खेलमा रोमाञ्चक हुँने अपेक्षा गरिएको छ । 

आयोजकले दुबै टिमका प्रशिक्षक पनि फाईनल भिडन्त रोमाञ्चक हुँने बताउछन् । उपाधी जित्न चाहने ए डिभिजनका दुई बिचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुँनेमा आँफू विश्वस्त रहेको एपीएफका प्रशिक्षक कुमार थापाले बताए । 

एनआरटीका प्रशिक्षक शाक्यले अन्तिम लडाई दर्शकले हेर्न चाहे अनुसारको हुँनेमा आँफू पनि आशावादी रहेको बताउँ छन् । टिममा कुँनै परिवर्तन नभएको र नियमित खेलाडी नैं रहेकाले एपीएफलाई चुनौंती दिन आफ्नों टिम तयार रहेको शाक्यको भनाई छ । 

एनआरटीका कप्तान रंजन बिष्ट पनि उपाधी जित्नै पर्ने अवस्थामा रहेकाले एपीएफको चुनौती सामना गर्न तयार रहेको बताउँ छन् । एपीएफ सशक्त टिम भए पनि आफ्नों टिमका खेलाडी बिपक्षी टिम अनुसारको रणनिति बनाएर मैदानमा उत्रने बिष्टले बताए । 

यता एपीएफका कप्तान नविन लामा अब उपाधीका लागि धेरै बेर पर्खन नसक्ने बताउँ छन् । धेरै वर्षको सहभागितामा पनि उपाधी जित्न नसक्दा दुःख लागेको भन्दै लामाले टिम र आफ्नों लागी उपाधी महत्वपूर्ण रहेको बताए । 

एपीएफले पनि आफ्नों नियमित खेलाडीलाई निन्तरता दिने कप्तान लामाले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै