राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

खरीबोट
ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गरेका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने बताइएको छ । 

प्रधानमन्त्री ओलीले शनिबार नेपाली खेलाडी वल्र्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बिदाइसहित रकम हस्तान्तरण गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि खेलाडी र प्रशिक्षकलाई रु एक एक लाख दिइने घोषणा गरे । 

सम्बन्धित समाचार

सन्दीपको छलाङ, धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

काठमाडौँ।  नेपाली क्रिकेटमा सन्दीप लामिछानेले नाम अब अन्तर्राष्ट्रिय स्तरमा चर्चित नाम बनिसकेको छ। कम उमेरमै क्रिकेटमा चर्चित बन्ने र सफलता हासिल गर्ने धेरै कम भाग्यमानी क्रिकेटर हुन् सन्दीप। यसैबीच भर्खरै

एसिया कप क्रिकेटमा श्रीलङ्का दोश्रो पराजयसंगै प्रतियोगिताबाट बाहिर

यूएई । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै

इङल्याण्डका क्रिकेटर मोइन अलीलाई अस्ट्रेलियन खेलाडीले 'ओसामा' भनेको खुलासा 

काठमाडौँ। इङल्याण्डका क्रिकेटर मोइन अलीले आफुलाई खेलको दौरान ऑस्ट्रेलीयन खेलाडीले ओसामा भनेर सम्बोधन गरेको आरोप लगाएका छन्। अलीले लेखेको आत्मकथा मोइनमा आफु २०१५ मा अस्ट्रेलियाविरुद्ध भएको खेलमा नश्लभेदको शिकार भएको

एशिया कप क्रिकेट आजदेखि सुरु हुदै, यस्तो छ खेल तालिका 

काठमाडौं । आजदेखि युएईमा एसिया कप क्रिकेट शुरु हुदै छ । आजदेखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक देश हङकङ गरी कुल ६