भूकम्पछि वल्र्डभिजनको रु ४१ करोड खर्च

खरीबोट
ad

त्रिशूली । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजन इन्टरनेशनलले भूकम्प प्रतिकार्यका लागि जिल्ल्लामा रु ४० करोड ९४ लाख १४ हजार खर्च गरेको छ । 

विसं २०७२ वैशाखको भूकम्पपछि भूकम्प प्रतिकार्यका लागि आएको अन्तर राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजनले जिल्लामा स्वास्थ्य, जीविकोपार्जन, सरसफाइ, खानेपानी, बालसंरक्षण तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको वल्र्डभिजनका जिल्ला प्रबन्धन मानवीर विश्वकर्माले जानकारी दिए ।

जिल्लामा सामुदायिक तथा व्यवासायिक विकास प्रबद्र्धन समाज र गेर्खुटार युवा क्लबको साझेदारीमा विदुर नगरपालिका तथा सूर्यगढी र तादी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको हो ।

नुवाकोटमा परियोजनाले २० खानेपानी आयोजनाको निर्माण तथा पुनर्निर्माण, तीन विद्यालय भवन निर्माण तथा पुनर्निर्माण, दुई हजार ४७ शौचालय निर्माण, छ किशारकिशोरी युवा र बालमैत्री स्थानको निर्माणलगायत काम गरेको प्रबन्धक विश्वकर्माले जानकारी दिए । परियोजनाबाट जिल्लामा हजारौँ लाभान्वित भएको संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार

भारतको अासाम केन्द्रबिन्दु भएर ५.६ रेक्टरको भूकम्प, नेपालमा पनि धक्का महसुस 

काठमाडौं । भारतकाे अासाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।   नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएकाे हाे । भूकम्पको धक्का भारतको विहार,

भूकम्पपीडितकोसहुलियत ऋणको ब्याजदर वृद्धि हुँदैन : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने बताएका छन् ।  अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जा पीडित सहजीकरण तथा समन्वय समितिका प्रतिनिधिसँग आज

भूकम्पपीडितको दोस्रो र तेस्रो किस्ता लिने समय निर्धारण, घर नबनाउनेको रकम असुलिने  

काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएकाहरूलाई दोस्रो किस्ता पुस र तेस्रो किस्ता ०७६ वैशाखभित्रै लिनुपर्ने निर्णय गरेको छ । प्राधिकरणको बिहीबार बसेको निर्देशक समिति बैठकले समयसीमा तोकेर निजी

जापानमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प, राहत र उद्धार कार्य जारी 

टोकियो। जापानको उत्तरी आइल्याण्ड होकाइदोमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ । जापानको उत्तरी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको सिएनएनले