• २०८१ बैशाख ७ शुक्रबार

ओमिक्रोनको नयाँ भेरिएन्ट १० गुणा खतरनाक

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । विश्वभर कोरोनाको संक्रमण कम भइरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोनको नयाँ भेरिएन्ट आएको चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको नयाँ भेरिएन्ट एक्सई ओमिक्रोन भन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ । यो भेरिएन्ट ओमिक्रोन भन्दा ४३ प्रतिशत बढी संक्रामक रहेको डब्लुएचओले बताएको छ ।

यो भेरिएन्ट ओमिक्रोनको सबलाइनेजबिए-१ र बिए-२ मिलेर बनेको बताइएको छ ।

डब्ल्यूएचओले यस भेरियन्टको ट्रान्समिसनमा कुनै महत्वपूर्ण परिवर्तन नआएसम्म यसलाई ओमिक्रोनको भेरियन्ट मानिने जनाएको छ ।

यस भेरिएन्टको पहिलो केस बेलायतमा फेला परेको थियो । यस भेरिएन्टको पहिलो केस गत जनवरीमा बेलायतमा फेला परेको थियो । त्यसयता यस प्रकारका ६०० भन्दा बढी केसहरू फेला परेका छन् । यस बाहेक यो भेरियन्ट फ्रान्स, डेनमार्क र बेल्जियममा पनि पाइएको छ ।

युके हेल्थ प्रोटेक्शन एजेन्सीका अनुसार, एक्सई भेरियन्ट कति खतरनाक छ वा खोपले काम गर्छ कि गर्दैन भनेर जान्नको लागि पर्याप्त डाटा अहिलेसम्म उपलब्ध नभएको बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै