जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

खरीबोट
ad

बाजुरा।  बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । 

जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । 

घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ । रिफर गरिएकामध्येको टाउकोमा चोट लागेको छ । 

कोल्टीबाट मार्तडी आउँदै गरेको से १ ज ९४० नं को जीप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको प्रहरीको भनाइ छ । गाडी चालक भने फरार रहेको प्रहरीले बताएको छ । चालकको खोजी कार्य भइरहेको वलीले बताए । 

सम्बन्धित समाचार

रगत परीक्षणबाट पत्ता लाग्छ, निद्रा पूरा भयो भएन, कम हुन सक्छ सवारी दुर्घटना !

काठमाडौं । अनुसन्धाताहरुले एक अनुसन्धानबाट रगतको परीक्षण गरी निद्रा पूरा भए–नभएको थाहा पाउने विधि पत्ता लगाएका छन् ।  पछिल्लो समय मानिसहरू लामो समयसम्म नसुती सवारीसाधन चलाउनाले दुर्घटना बढेका खबरहरू सञ्चारमाध्यममा आइरहेका

तनहुँमा माइक्रोबस दुर्घटनामा दुई महिलाको मृत्यु

दमौली / तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।  पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को

तान्जिनिया डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या २०७ पुग्यो 

नैरोबी, केन्या। तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।  यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७ पुगेको

सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सिरहा । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प