मोरङ काँग्रेसद्वारा तीनजनालाई कारबाही

खरीबोट
ad

उर्लाबारी, मोरङ ।  नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ । 

उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिए । 

यस्तै, बैठकले निर्वाचनमा असहयोग पु¥याउने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उहाँहरुलाई पत्र पठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव राईले बताए । 

यसैगरी, क्षेत्र नं १ मा पार्टी हारको कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । मोरङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य गरी तीनवटै पदमा काँग्रेसले हार बेहोरेको थियो । 

सम्बन्धित समाचार

काँग्रेस नेता महेश दाहाल नेकपामा प्रवेश

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेकपामा प्रवेश गरेका छन् ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक

कांग्रेसलाई पार्टीभित्रैबाट चुनौती : नेता केसी  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चुनौती रहेको बताएका छन् ।  सोमबार रिपोर्टर्स

काँग्रेसको सभापति अब कोइराला परिवारबाट हुन्छ - महामन्त्री कोइराला  

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाटै सभापति हुने खुलासा गरेका छन् । कार्यकर्ताले नै कोइराला परिवारबाटै सभापति चाहेकाले आफूहरु त्यसको लागि तयार भएको बताए । रुपन्देहीको बुटवलमा

काँग्रेसको विधान मस्यौदा सातै प्रदेशमा लगिने

काठमाडौँ। नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।  असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा