प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

खरीबोट
ad

इनरुवा ।  प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन्  । 

संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । 

संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन हुनुभएको नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए । कोइराला काँग्रेसका सुनसरी सभापतिसमेत हुन् । 

कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी भएका थिए । 

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा कोइरालाको कुशल नेतृत्व कै कारण सुनसरीमा काँग्रेसको राम्रो नतिजा आएको थियो । कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । 
 

सम्बन्धित समाचार

काँग्रेस नेता महेश दाहाल नेकपामा प्रवेश

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेकपामा प्रवेश गरेका छन् ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक

कांग्रेसलाई पार्टीभित्रैबाट चुनौती : नेता केसी  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चुनौती रहेको बताएका छन् ।  सोमबार रिपोर्टर्स

काँग्रेसको सभापति अब कोइराला परिवारबाट हुन्छ - महामन्त्री कोइराला  

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाटै सभापति हुने खुलासा गरेका छन् । कार्यकर्ताले नै कोइराला परिवारबाटै सभापति चाहेकाले आफूहरु त्यसको लागि तयार भएको बताए । रुपन्देहीको बुटवलमा

काँग्रेसको विधान मस्यौदा सातै प्रदेशमा लगिने

काठमाडौँ। नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।  असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा