स्टार किड्सको धमाधम डेभ्यु, सुनील शेट्टीका छोरा आहान पनि बलिवुडमा आउदै 

खरीबोट
ad

मुम्बई । बलिवुडमा स्टारका छोराछोरीहरु आउने क्रम बढेको छ । 

यस बर्ष मात्र शाहिद कपुरका भाई इशान खट्टर, सैफअलि खानकी छोरी सारा अलि खान, श्रीदेवीकी छोरी जान्ह्वी कपुर, चंकी पाण्डेकी छोरी अनान्य पाण्डे बलिवुडमा आउदै छन् । 
यसैक्रममा ९० को दशकका चर्चित अभिनेता सुनील शेट्टीका छोरा आहान शेट्टी पनि बलिवुडमा आउन लागेका छन् ।

आहानलाई बलिवुडका चर्चित फिल्म मेकर करण जोहरले साइन गरेका छन् । फिल्ममा आहानको अपोजिटमा सारा अलि खानलाई लिइएको बताइएको छ । यस फिल्मलाई करणका अलावा साजिद नाडियाडवालाले पनि प्रोड्युस गर्ने भएका छन् ।

करण जोहरले स्टुडेन्ट अफ द इयर-२ मा चंकी पाण्डेकी छोरी अनान्य पाण्डेलाई लन्च गर्दै छन् भने फिल्म धड़कमा इशान खट्टर र जान्ह्वी कपुरलाई लन्च गर्दै छन् ।

त्यस्तै अर्की चर्चित सेलिब्रेटी किड्स सारा अलि खान भने फिल्म केदारनाथबाट डेभ्यु गर्ने भनिएको भए पनि प्रोड्युसरहरुको विवादका कारण फिल्म रोकिएको छ । अब साराले करण जोहरकै रोहित शेट्टीले निर्देशन गर्ने फिल्म सिम्बाबाट डेभ्यु गर्ने चर्चा पनि चलेको छ ।     
 
 

सम्बन्धित समाचार

बलिवुडकी चर्चित निर्देशक कल्पना लाजमीको निधन 

मुम्बई।  बलिवुडकी चर्चित निर्देशक कल्पना लाजमीको ६४ बर्षको उमेरमा निधन भएको छ। आजमीको मुम्बईस्थित कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा आइतबार बिहान निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।   लाजमी पछिल्लो समय

सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी

बलिवुडकी अभिनेत्री लिजा रे दुई जुम्ल्याहा बच्चाकी आमा हुन् । उनले ४६ वर्षको उमेरमा आमा बन्ने सुख सरोगेसीको सहायताले प्राप्त गरिन् । आमा बनेको तीन महिनापछि उनले यो कुरा इन्ष्टाग्राममा

आमा गर्भवती भएपछि लुक्दै हिडे आयुष्मान खुराना !   

मुम्बई : बलिवुडमा अभिनेता आयुष्मान खुरानाको फिल्म 'बधाई हो' अहिले निकै चर्चामा रहेको छ। हालै रिलिज भएको फिल्मको ट्रेलरलाई सबैले तारिफ गरेका छन्। साथै यस फिल्मको पहिलो गीत पनि रिलिज

पुर्वप्रेमीको अफर ज्याक्लिनले अस्विकार गरेपछि हाउसफुल ४ मा मलाइकाको इन्ट्री 

मुम्बई। बलिवुडमा अभिनेता, अभिनेत्री तथा निर्माता, निर्देशकको रोमान्स र ब्रेकअपको खबर जहिलेपनि चर्चामा आउने गर्दछ। यसैबीच अभिनेत्री ज्याकलिन फर्नान्डिस र निर्देशक साजिद खान फेरी चर्चामा रहेका छन्।  यसअघि अफयेर्समा रहेर ब्रेकअप