• २०८१ बैशाख ६ बिहीबार

मनोज गजुरेललाई साढे तीन करोडको सम्पत्ति छोडेर सम्बन्धविच्छेद गरेँ : मिना ढकाल 

kharibot

काठमाडौं / हालसालै सम्बन्धविच्छेद गरेकी मिना ढकालले मनोज गजुरेलको लागि तीन करोड ६० लाख रुपैयाँबराबरको सम्पत्ति छोडेको बताएकी छिन् ।

आफू र छोरीलाई ६०:६० लाख दिएर पन्छाए पनि आफूले तीन करोड ६० लाख रुपैयाँको सम्पत्ति छोडेर आएको बताएकी छिन् । घर, गाडी, जग्गा, सेयर सबै गजुरेलको भागमा परेको र आफु र छोरीले ६०:६० लाख मात्र लिएको उनले बताइन् । ‘आफू स्वतन्त्र हुन पाएकोमा खुसी नै छु, संघर्ष गर्छु’, उनले भनिन् । 

आफूले लामो समयदेखि सम्बन्धविच्छेदको लागि आग्रह गर्दा उनले नमानेकोर हाल आएर आफ्नो सुरक्षित अवतरणको लागि गजुरेलले सम्बन्धविच्छेद गरेको उनको भनाइ छ । उनले भन्छिन्, “अहिले उहाँले गर्दा नै सम्बन्ध बिच्छेद भएको हो मेरो कारणले हैन ।’ आफूले हरेक काम गर्दा सहयोगको सट्टाखुट्टा तान्ने बन्धक जीवन नै बिताएको अनुभव सुनाउँदै अहिले आफू धेरैखुसी र स्वतन्त्र भएको अनुभव ढकालले सुनाइन् ।

श्रीमानलाई समेत सानो बच्चालाई जस्तो व्यवहार गर्नुपर्ने र स्वतन्त्र हुन कहिल्यै नपाएको उनले सुनाइन् । उनले भनिन्, ‘सुनकै पिँञ्जडा किन नहोस् चरी स्वतन्त्र हुन चाहन्छ ।’ स्वतन्त्र भएकै कारण उनले पहिलो म्युजिक भिडियो आँखा जुध्यो, सार्वजनिक गरिसकेको बताइन् । गीत गाउने रहर पहिला नै भए पनि जब उनको डिभोर्स भयो, त्यसपछि उनले आफ्नो सपना पूरा गरिन् ।

त्यस्तै, उनले हाल बुटिक पसल समेत सञ्चालन गर्दै आएकी छिन् । आफ्नो पहिलो म्युजिक भिडियो आँखा जुध्योबाट खुसी भएको प्रतिक्रिया उनले दिइन् । त्यस्तै अर्को म्युजिक भिडियो छिट्टै ल्याउले तयारीमा रहेको समेत ढकालले बताइन् । 

आफूलाई बुझ्ने मान्यजनले सपोर्ट गरेको उनको भनाइ छ । ‘नराम्रो काम गरेको कसैले भनेको छैन, आफूले ठीकै गरेजस्तो लाग्छ’, उनले भनिन् । २÷४ जना गजुरेलका फ्यानबाहेक सबैले सकारात्मक नै सोचेको उनको भनाइ छ । उनले भनिन्, ‘२० वर्षसम्म कसरी बसेँ, कति पीडा भयो आफूलाई मात्र थाहा छ ।’ 

भविष्यबारे के भन्छिन् ?
आज खुसी र स्वतन्त्र भएको बताउने मिना भविष्यमा आफूले बुटिक सँगसँगै, हाल ८ कक्षामा अध्ययनरत छोरीलाई १२ पछि बाहिर पढ्न पठाउने, म्युजिक भिडियोलाई प्राथमिकता दिने र राजनीति गर्नेसम्मको सोच रहेको उनले बताइन् । 

विवाह बन्धनमा बाँधिएको २० वर्षपछि हास्य कलाकार मनोज गजुरेल र मिना ढकालले झण्डै दुई महिनाअघि सम्बन्धविच्छेद गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै