• २०८१ बैशाख ८ शनिबार

मधेश प्रदेशमा गठबन्धन बैठक जारी, चुनावी तालमेलको विषयमा छलफल

kharibot

जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको विषयमा छलफल गर्न मधेश प्रदेशको सत्तारुढ गठबन्धन दलको प्रदेशस्तरीय बैठक बसिरहेको छ । 

बर्दिबासमा जारी बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश र जिल्लास्तरीय नेताहरूको सहभागिता छ । 

वैठकमा मधेश प्रदेशका १ महनगरपालिका वीरगञ्ज, उपमहनगरपालिका जनकपुरधाम, सिमरा र कलैयाबाहेक बाँकी रहेका १३२ वटा पालिकाको विषयमा चुनावी तालमेल गर्ने विषयमा छलफल हुने नेकपा एसका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवले बताए । 

महानगरपालिका र उपमहनगरपालिकाको चुनावी टिकट वित्तरणको विषयमा गठबन्धनको केन्द्रीय नेताहरू बीच छलफल हुने तय भएको उनले बताए । 

१३२ वटा स्थानीय तहमा गत स्थानीय तहको निर्वाचनमा पार्टीहरूले पाएको मतपरिणाम, वर्तमानमा पार्टीको पालिका, जिल्लामा रहेको संगठन लगायतका विषयलाई लेखाजोखा गरि शक्ति सन्तुलनको अधारमा टिकट भाग बण्डा हुन सक्ने उनले बताए । 

एक प्रश्नमा उनले भने,‘ हामीले १३२ वटै पालिकामा गठबन्धनमा जोड दिएका छौँ । यसले राम्रो सन्देश पनि दिन्छ । तर, कुनै पार्टीले कुनै खास पालिमा गठबन्धन गर्न नचाहेको अवस्थामा गठबन्धन भित्रैका बाँकी पार्टीहरूले पनि छुट्टै गठबन्धन गर्न सकिने वातावरण पनि बस्न सक्छ ।’

कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवले पार्टीले आवश्यकताअनुसार गठबन्धनमा जोड दिँदै आएको छ । कांग्रेस बलियो भएको पालिकामा अन्य दलसँग गठबन्धन नगर्ने मनसाय देखिएको छ । यस्तोमा बाँकी गठबन्धन दलभित्रै उपगठबन्धन भएको खण्डमा के गर्ने विषयमा सभापति यादवले भने,‘ यो विषयमा अहिले कुनै छलफल भएको छैन । हामी छलफलमा छौँ । छलफलबाट जे निर्णय हुन्छ सोहीअनुसार पार्टी अगाडी बढ्छ ।’

गठबन्धन दलका जिल्ला अध्यक्षहरूलाई पहिला नै आ–आफ्नो जिल्लाको वास्तविक संगठनिक अवस्था, चुनावी अवस्था लगायतका विषयमा प्रतिवेदन तयार भनिएकोले उनीहरूले तयार गरेको प्रतिवेदनमा पहिलो चर्चा हुने उनले बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै