• २०८१ बैशाख ८ शनिबार

जनता र राष्ट्रको समृद्धिको पक्षमा लाग्छु- मनोनीत राष्ट्रियसभा सदस्य दाहाल

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नारायणप्रसाद दाहालले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् । 

सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट पनि आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने दिने बताए । 

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको दाबी गरे । 

दाहाल पुनर्स्थापित संसद्‌मा माओवादीतर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै