• २०८१ बैशाख ८ शनिबार

मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

kharibot

फाइल तस्बिर

मुगु । मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।

छायानाथ रारा नगरपालिका-३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो । 

उनलाई सेनाकाे  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएकाे स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सककाे अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा म‌ंगलबार भामलाई उ४ार गरी सुर्खेत रिफर गरिएको गौतमले जानकारी दिए । 

उनका अनुसार सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा रिफर गरिएको हाे । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै