• २०८१ बैशाख ११ मंगलबार

लकडाउनको नियम तोडेको आरोपमा बेलायतका प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिवाना हुने

kharibot

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री ऋषि सुनकलाई लकडाउनको नियम तोडेको आरोपमा जरिवाना हुने भएको छ ।

बिबिसीका अनुसार २०२० को जुन महिनामा लकडाउन रहेको बेला प्रधानमन्त्री निवासमा भएको पार्टीमा सहभागी भएको आरोपमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिवानाको नोटिस दिइएको छ ।

कोभिडसम्बन्धि नियम उलंघन विषयमा छानबिन गर्न बनाइएको कमिटी 'मेट' ले जरिवानाको सो नोटिस प्रधानमन्त्री जोन्सन, अर्थमन्त्री सुनक र प्रधानमन्त्री पत्नी क्यारी जोन्सनलाई दिएको बिबिसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीका प्रवक्ताले जरिवानाको नोटिस आएको स्वीकार गरेपनि कुन विषयको भएको प्रष्ट नभएको बताएका छन् ।

मेटले बेलायत सरकारका अधिकारीहरुले कोरोनाको नियम तोडेर ह्वाइटहल र प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा गरेका १२ पार्टीको अनुसन्धान गरेको थियो ।

गत डिसेम्बरमा यो विषयको खुलासा भएपछि प्रधानमन्त्री जोन्सन अप्ठ्यारोमा परेका थिए । उनले आम जनतासँग माफी मागेपनि दबाबका बीच आफ्नो पद भने बचाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै