• २०८१ बैशाख ८ शनिबार

श्रीमतीलाई लिफ्ट दिएबापत पैसा असुल्ने पति ! पत्नीले मागिन् डिभोर्स 

kharibot

दुवई । एक महिलाले आफूलाई लिफ्ट दिएबापत पटकैपिच्छे सय पाउण्ड अर्थात् झण्डै १५ हजार नेपाली रुपैयाँ माग्ने श्रीमानसँग डिभोर्स गर्न अदालतमा निवेदन दिएकी छिन् ।

पहिचान लुकाइएको उक्त महिलाले अन्य काम नगर्ने पतिले आफूलाई हरेकचोटि लिफ्ट दिँदा सय पाउण्ड लिने गरेको बताएकी छिन् । उनीसँग आफ्नो सवारीसाधन नभएको र श्रीमान्को सवारीसाधन चढ्नुपर्दा ५०० दिराम अर्थात् ९८ पाउण्ड तिर्नुपरेको बताएकी छिन् ।

अल बन्यानलाई उद्धृत गर्दै मिरर युकेले लेखेको समाचारअनुसार उनका पतिले श्रीमतीलाई समय दिँदा आफूले साथीहरु देख्न नपाएको भन्दै त्यसको बदला सय पाउण्ड लिने गरेको दाबी गरेको बताइएको छ । 

उनका पति प्रायः रात्रिकालीन समयमा साथीहरुसँग बाहिर जाने र घरमा श्रीमतीलाई छोराछोरीसँग एक्लै छोड्ने गरेका छन् । टर्कीमा पनि अलिक पहिले यस्तै घटना सार्वजनिक भएको थियो । टर्कीमा पतिले श्रीमतीलाई भन्दा साइकललाई बढी माया गरेको भन्दै श्रीमतीले डिभोर्स दिएको घटना बाहिर आएपछि दुवईको यो घटना बाहिर आएको हो ।

साइकललाई प्रेम गरेको भन्दै ७६ हजार पाउण्ड क्षतिपूर्ति माग गरेकी थिइन् । उनले श्रीमानको बेवास्ताले मानसिक समस्या सिर्जना भएको बताएकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै