• २०८१ बैशाख ४ मंगलबार

संखुवासभामा निर्वाचनमा पाँचदलीय गठबन्धन नहुने

kharibot

संखुवासभा । संखुवासभामा स्थानीय तहको निर्वाचनमा  पाँचदलीय गठबन्धन नहुने भएको छ ।

गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ ।

खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ । पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति  दिपक खड्काले बताए । 

भागबन्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताए । माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए ।

माओवादी केन्द्रका केन्दीय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले जानकारी दिए कांग्रेसभित्रको अन्तरविरोधका कारण गठबन्धनमा समस्या भएको बताए । 

कांग्रेसभित्रको आन्तरिक कलहका कारण शुक्रबार पनि सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्य कार्कीले बताए ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।

संखुवासभामा १० स्थानीय तह छन् । त्यसमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै