तीन महिलालाई भारत लैजाँदै गरेका भारतीय नागरिक पक्राउ

खरीबोट
ad

सुरुङ्गा । प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले बिहीवार एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् । 

पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिए । 

झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेको देखेपछि शंका लागेर ती महिलालाई सोधपुछ गर्दा दिल्ली लगिरहेको थाहा पाउनासाथ उनीहरुको उद्धार गरिएको हो । महिलालाई दिल्ली लान खोज्ने आलमलाई भने पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताए । 

उद्धार गरिएका महिलामा इलाम फिक्कल– ५ का ३५ वर्षीय कमला राई, सोही ठाउँका १८ वर्षीय निक्षा राई र झापा बाहुनडाँगी– ६ का ३२ वर्षीय सिर्जना राई रहेका छन् । उनीहरुलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

यता पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताए ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशमा प्रकाण्ड रिहा, यसपटक पक्राउ परेनन् 

काठमाडौं।  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएपछि उनलाई प्रहरीले रिहा गरेको छ । सर्वोच्चले

काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित २ जना पक्राउ

काठमाडौं।  काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित २ जना पक्राउ परेका छन् । सोमबार साँझ काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित रसुवा गोसाईकुण्ड गाउँपालिकाका २४ वर्षीय नरबहादुर घले र सोही गाउँपालिकाका

टर्की लगेर अलपत्र पार्ने अदै पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक मानव तस्करलाई पक्राउ गरेको छ । बाग्लुंग ढोरपाटनका काठमाडौं बस्दै आएका वीर बहादुर अदै पक्राउ परेका हुन् ।  दुई जनालाई युरोपको ग्रिसमा काममा लगाइदिने

रौतहट प्रहरीद्वारा पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी 

रौतहट।  विभिन्न आयोजनाको ठेक्का लिंदै अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न प्रहरीले पुर्जी काटेको छ । गएको भदौ ९ गते रौतहटको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनामा दोषी