• २०८१ बैशाख ८ शनिबार

तीन महिलालाई भारत लैजाँदै गरेका भारतीय नागरिक पक्राउ

kharibot

सुरुङ्गा । प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले बिहीवार एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् । 

पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिए । 

झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेको देखेपछि शंका लागेर ती महिलालाई सोधपुछ गर्दा दिल्ली लगिरहेको थाहा पाउनासाथ उनीहरुको उद्धार गरिएको हो । महिलालाई दिल्ली लान खोज्ने आलमलाई भने पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताए । 

उद्धार गरिएका महिलामा इलाम फिक्कल– ५ का ३५ वर्षीय कमला राई, सोही ठाउँका १८ वर्षीय निक्षा राई र झापा बाहुनडाँगी– ६ का ३२ वर्षीय सिर्जना राई रहेका छन् । उनीहरुलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

यता पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै