• २०८१ बैशाख ५ बुधबार

अक्सिजन प्लान्ट विष्फोट- मृत्यु हुने २ पुगे

kharibot

काठमाडौँ । ललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएका मध्ये थप एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै उक्त विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ । 

यसअघि विष्फोटमा परेर भारतकै ४५ वर्षीय वृजमोहन महत्तोको घटनास्थलमै मृत्यु भएको थियो ।

अन्य घाइते भएका पाँच जना पाटन अस्पतालमा उपचार पछि घर फर्किएका उनले जानकारी दिए । घटना बिहान १०:०५ बजे भएको हो ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको जनाइएको छ । 

गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै