• २०८१ बैशाख ७ शुक्रबार

गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड

kharibot

फाइल तस्बिर

जाजरकोट । गिद्ध र रेडपाण्डाको संरक्षणमा गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

जाजरकोटका सबै स्थानीय तहले गिद्ध र रेडपाण्डा संरक्षणका लागि बजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्या भएको पक्षी संरक्षणमा लागेका गोविन्द सिंहले बताए । 

जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा सबैभन्दा बढी गिद्ध र रेडपाण्डा पाइन्छ । विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिज जाजरकोटमै पाइन्छ । जाजरकोटमा पाइने यी लोपोन्मुख प्रजातिको संरक्षणमा स्थानीय सरकार गम्भीर बन्न नसकेकोमा सिंहले दुःख व्यक्त गरे । 

पर्याप्त जनचेतना नहुँदा चिरकालिज, रेडपाण्डा र गिद्धलाई जथाभावी मार्ने काम भइरहेको छ । चिरकालिजको चोरी, सिकारी, गिद्धलाई विष हालेर र रेडपाण्डाको महत्व नबुझी मार्ने गरिएको छ । 

यसको संरक्षणका लागि जिल्लामा व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्छ, संरक्षकर्मी सिंहले भने — ‘विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा स्थानीय तह गम्भीर हुनुपर्छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै