• २०८१ बैशाख ७ शुक्रबार

मेलम्चीको पानी काठमाडौँमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

kharibot

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो । 

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो । 

सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै