• २०८१ बैशाख ६ बिहीबार

काठमाडौँ महानगर धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा !

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा गरिएको छ ।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई स्वस्थ शहरको रुपमा विकास गर्न धुमपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा गरिएको जानकारी गराएका हुन् ।

धुमपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न गएको असरलाई न्यूनिकरण गर्दै लैजाने अपेक्षा गरिएको छ ।

महानगरपालिकाले सूर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्रीवितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण र नियमन गर्ने उद्देश्यले बुलुम्बर्ग फिलानट्रोपिजको सहयोगमा यो अभियान सुरु गरेको हो ।

मेयर शाक्यले मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह जस्ता प्राणघातक रोगबाट बचाउन पनि यस्ता अभियानमा संचालन गर्नु परेको पनि स्पष्ट पारे ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमै नेपालका महिलाहरु सबैभन्दा बढी धुमपान गर्छन् । नेपाल सरकारले धुम्रपान नियन्त्रण गर्दै लैजाने योजना अनुसार २०४९ सालदेखि नै सार्वजनिक रुपमा धुम्रपान गर्न निषेध गरेको छ ।

यो अभियानबाट महानगरपालिकामा धुमपान तथा सूर्तिजन्य पदार्थको सेवनमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै