• २०८१ बैशाख ७ शुक्रबार

आरजेदेखि मोडलसम्म सफल कर्मा लामा

kharibot

काठमाडौं । रेडियो पत्रकारितामा पैसाभन्दा नाम बढी कमाइन्छ भन्ने भनाइ छ ।  कसैकसैको जीवनमा यो सही साबित पनि भएको छ । रेडियोलाई कर्मभूमि बनाएका धेरैले यसलाई स्वीकार्छन् । त्यस्तै धेरै भाग्यमानीमध्ये एक हुन् कर्मा लामा ।

एकताका उनी रेडियोमा काम गरेर पैसाभन्दा पनि स्थानीय क्षेत्रमा नाम कमाउने पत्रकारहरुमा पर्थे । उनले पत्रकारिता सुरु गर्दा धेरै एफएम पनि खुलेका थिएनन् । तर, पत्रकारितामा लाग्नेहरुको भने कमी थिएन । कर्माले एक महिने उद्घोषण तालिम लिएपछि पत्रकारितामा लाग्ने बाटो खुल्ला भएको उनको भनाइ छ ।

२०५९ सालमा भक्तपुरमा खुलेको भक्तपुर एफएमबाट उनको पत्रकारिताको यात्रा सुरु भएको हो । अहिले उनी टिभी टुडेमा ‘छड्के सलाम’ कार्यक्रम सञ्चालन गर्छन भने प्लानेट एफएम र टपटाउन एफएमका सञ्चालक हुन् । त्यसैगरी स्टेज कार्यक्रम सञ्चालनमा पनि उनी सहभागी हुन्छन् । लामाका आधा दर्जन म्युजिक भिडियोहरु पनि सार्वजनिक भइसकेका छन् । 

काभ्रेमा जन्मे र मैतीदेवीमा हुर्किए

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा जन्मेका कर्मा लामा सानै उमेरमा आमासँगै काठमाडौं आए । काठमाडौंको डिल्लीबजारस्थित एक घरमा भाडामा बस्न थाले ।
उनको स्कुले जपवन विजय स्मारक डिल्लीबजारमा बित्यो । एसएलसीपछि उनी आफैँ काम गर्नथाले । लामाका बुबा सरकारी शिक्षक हुन् । बुबाको कमाइले नपुगेपछि उनी आफ्नो खर्च मात्र भए पनि जुटाउने सुरमा लागे । र काम खोज्ने सिलसिलामा भक्तपुरमा रहेको लामाहरुको थाङका लेख्ने ठाउँमा पुगे र काम गर्न थाले ।

थाङ्का लेख्दाको साथी रेडियो

जब उनी कामका लागि भक्तपुर पुगे, त्यहाँ उनका लागि आफ्नो साथीहरु थिएनन् । काम गर्दा साथमा रहेका अन्य साथीहरुसँग पनि बोल्न पाएनन् । काम गर्दा बोल्ने माान्छेप्रति नकारात्मक रुपमा हेरिन्छ ।

यस्तो अवस्थामा उनका लागि रेडियो छेउमा हुन्थ्यो र आफ्नै धुनमा बजिरहन्थ्यो । पछि उनले छेउमा बज्ने रेडियोलाई नै साथी बनाए । जतिजति रेडियोे सुन्दै गए त्यति नै रेडियोप्रतिको लगाव पनि बढ्न थाल्यो ।

‘म सानैदेखि चञ्चले स्वभावको मान्छे  बोलिराख्नुपर्ने, हाँसिराख्नुपर्ने तर थाङ्का लेख्नलागेपछि बोल्न नपाइने भएपछि मलाई अलिकति अप्ठ्यारो लाग्यो । त्यति नै बेला हाम्रो साथी भनेकै रेडियो थियो’, उनले थाङ्का लेख्दा दिक्क लाग्दाको साथी नै रेडियो थियो । उनलाई रेडियोमा काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो, ‘त्यो बेलामा आरजे भनेपछि मान्छेहरु हुरुक्कै हुन्थे ।’

बानेश्वरको कलेज, भक्तपुरमा काम र तालिम डिल्लीबजारमा

मैतीदेवीको बास बानेश्वर क्याम्पस र भक्तपुरमा काम यस्तो व्यस्त समय थियो लामाको । यतिले उनलाई सन्तुष्टि दिएन वा उनी नयाँ काम खोज्न लागे । जसको फलस्वरुप काम गर्न आफ उपयुक्त उम्मेदवार हुनुपर्छ । त्यसैका लागि उनी डिल्लीबजारमा सञ्चालन भएको एक महिने उद्घोषण तालिममा सहभागि भए ।

‘मैले तालिम लिएँ तर पछि त्यो भने अलि काम लागेन नै भनौँ, जे सुकै होस् त्यो तालिमले पनि मलाई यहाँसम्म आउन मार्गप्रशस्त गरेकै हो’, उनले भने । उनको त्यो तालिममार्फत आफ्नो रेडियोमा लाग्ने सपना मनको एक किनारमा जीवित राखेका थिए ।

२०५९ सालमा भक्तपुरमा एफएम खुल्यो, भक्तपुर एफएम । एफएमले तालिम सञ्चालन गर्ने विज्ञापन बजायो । र त्यहाँ पून: तालिमका लागि पुगे लामा । पञ्चीस तीस जना जति थिए उनीसँगै तालिम लिने ।

ति सबैमध्यै उत्कृष्ट रह्यो उनको भ्वाइस । राम्रो गर्नेलाई कामको अवसर दिने भनिएको थियो, भनेअनुसार नै उनले काम पनि पाए । पछि उनले भक्तपुर एफएममा पाँच वर्षभन्दा बढी काम गरे । तर, त्यो कामप्रति परिवार खुसी थिएनन् । साथसाथै उनी आफैँ पनि सन्तुष्ट हुनसकेका थिएनन् ।

एक कार्यक्रम चलाएबापत महिनामा एक डेढ सय मात्र आउँथ्यो । न आफ्नो खर्च चल्थ्यो, न त घरपरिवारको नै । यस्तो हुँदै गएपछि उनलाई पत्रकारिताबाट बाहिर निस्किन मन लाग्यो । तत्काल उनी काम छाड्ने कि नछाड्ने दोधारमै एक दिन उनी धुलिखेलको एक रिसोर्टमा काम गर्न भनेर गए । तर, उनलाई उनको रेडियो मोहले टाढा जान दिएन ।

होटल पुगे बैठक कोठामा बसे । तर, एक घण्टा जति बस्दा पनि कसैले केही वास्ता नगरेपछि उनी त्यहाँबाट कसैलाई केही नभनेर निस्किए । त्यसपछि उनी नेपालीको रेडियो ८८.८ मा काम गर्न थाले । त्यहाँ केही समय काम गरे र राम्रो क्रेज बनाएका लामालाई काभ्रेको ग्रेस एफएममा डाइरेक्टर बनाएर बोलाए ।

उनीले काभ्रेमा एक वर्ष काम गरे । जहाँ महिनाको नौ हजार मात्र थियो । आफ्नो मेन्टेनेन्समा नै त्यो पैसाले पुग्दैन थियो । तर,  यो क्षेत्रबाट टाढा जान भने मनले मानेन । उनले टेक्निसियनदेखि बजार व्यवस्थापनसम्मको काम हेर्थे । जसले उनलाई आफ्नै एफएम सञ्चालन गर्ने हिम्मत जुटाउन साहस दियो ।

उनमा त्यस्तो खुबी पनि थियो । तत्कालीन अवस्थामा एफएमहरुले आफ्नो व्यवस्थापन र भूमिका प्रष्ट गर्न नसक्दा उनको एफएममा पनि यो समस्याले घेर्यो । एफएम एक वर्ष पूरा भयो तर, आफ्नो अवस्था सुध्रिएन ।

डिप्रेसनले सतायो

काठमाडौंमा पनि आए विज्ञापन खोज्न तर काठमाडौंमा पनि राम्रो विज्ञापन नपाएपछि उनी डिप्रेसनमा परे । त्यसै बेला उनले एक जना साथीसँग आफ्ना समस्या राखे ।

साथीले भारतको गार्मेन्ट कम्पनीमा काम छ भनेर आफू पनि जाने र दुवै जना जाऔँ भने । साथै ५० हजार तलब पाइने आशा पनि दिए । तर, काम र तलब जति सजिलो उनले सोचेका थिए, त्यसो भने थिएन ।

नेटवर्किङको काम रहेछ । उनले केही दिनमा तालिम लिएपछि मात्र थाहा पाए । अन्तिममा साथीलाई सोध्दा ऊ आफैँ त्यो विषयमा स्पष्ट नभएपछि रिस उठ्यो । तर, बिचरा उसलाई थाहा नभएपछि आफूलाई के भन्थ्यो भनेर दया पनि लाग्यो ।

भारत जाँदा लगेको ५० हजारबाट आठ हजार जति बचेको थियो र पछि बैगुनीलाई गुनले मार्नु भनेझैँ गरे उनले र साथमा गएको साथीलाई पनि साथमा लिएर आए । भारतबाट फर्किएपछि कहिलै पछाडि फर्कनुपरेन ।

भारतबाट फर्किँदा मैले जसरी जे गरे पनि रेडियोमै मिहिनेत गर्छु । नेपालमै मेरो लागि प्रशस्त सम्भावना छ भनेर रेडियोकै पछाडि लागे र घरपरिवारले पनि होस्टेमा हैँसे गरे । सोही कारण आज आफू यो स्थानमा पुगेको उनी बताउँछन् । 

कर्मा लामाबाट आरजे कर्मा

२०६८ सालमा प्लानेट एफएम खोले र आफैँले म्यानेजिङ डाइरेक्टरका रुपमा काम गरे । आफ्नो व्यवसाय सुरु भयो । तर, एफएम भने नाफामा जान सकेन । एफएम पूर्णरुपमा घाटामा गयो ।

सिन्धुपाल्चोकमा उनले हरेक विज्ञापनदाताहरुकहाँ धाए । उनी भन्छन्, ‘भारतबाट फर्किँदा मैले जसरी जे गरे पनि रेडियोमै मिहिनेत गर्छु र नेपालमै मेरो लागि प्रशस्त सम्भावना छ भनेर रेडियोकै पछाडि लागेँ ।’

प्लानेटसँगै टपटाउन एफएम पनि

एक सफल पत्रकार त लामा भक्तपुर एफएममै भइसकेका थिए नै, पुनः पछि ८९.१ मेगाहर्जको प्लानेटले उनलाई आफ्नो क्षेत्रमा सफल रेडियो व्यवसायी पनि बने । प्लानेटको सफलतासँगै उनको दैनिकी पनि सहज र सरल बन्दै गयो र पछि उनले आफ्नै नाममा एफएम टपटाउन पनि सञ्चालन गरे ।

सँगसँगै उनले उद्घोषण कार्यक्रम पनि सञ्चालन गर्न लागे । अहिले उनी स्टेज कार्यक्रम पनि सञ्चालन गर्छन् भने मोडलिङमा पनि आबद्व रहेका छन् । मोडलिङ भने उनको त्यस्तो रुचि नभए पनि साथीभाइको करले म्युजिक भिडियो खेलेको बताउँछन् ।

गायक अजित घिसिंग र कल्पना शर्माद्वारा गाइएको छड्के कपाल बोलको गीतमा भिडियोमार्फत् लामाले डेब्यु गरेका हुन् । उक्त भिडियोमा लामासहित केकी अधिकारी, गायक अजित घिसिंग र राजेश लामाको अभिनय रहेको छ ।

लामा आफूले लामा समदायको प्रतिनिधित्व हुने गरी यो क्षेत्रमा लागेको बताउँछन् । लामाले लामा समुदायबाट रेडियो सञ्चालन गर्ने पहिलो व्यक्ति भएको दाबी गर्छन्  ।

एफएमको स्टाफलाई तलब दिन आमा र श्रीमतीको गहना बेचे

लामाले  आफ्नो व्यवासाय शूरु गरेपछि राम्रो चल्न नसक्दा घरमा आमा र श्रीमतीले लगाएको गहना समेत बेचेको सुनाउँछन् । उनी थप्छन् पछि किनी दिन्छु भन्दै लिएको सुन पनि अहिले सम्म उहाँहरुलाई दिन सकेको छैन् ।

तर, आमा र श्रीमती उनले समाजमा पाएको सम्मान मै खुसी छन् । हरेक आमाको आशा हुन्छ आफ्नो छोरा जीवनमा सफलता हासील गरोस् । तर, उसको उपहारको कुरा आमाका लागि गौड हुन्छ । त्यही कुरा श्रीमतीका लागि पनि लागु हुन्छ ।

यस्ता कैयौं घटनाहरु भोगेका छन् लामाले । एक पटक उनी काभ्रेबाट कार्यक्रम सकाएर काठमाडौं फर्कदा धुलिखेलमा बाइकको पेट्रोल सकियो । अहिलेको जस्तो भए केही यता आइसकेपछि पेट्रोल हालेर फर्कन हुन्थ्यो ।

तर, त्यो बेलामा पैसा नै नहुने, उनले भने । काठमार्डौंबाट जादाँ एक सयमा हालेको पेट्रोल आधाबाटो मै सकिएपछि बाइक धकेलेरै घर फर्कीएको कुराले पनि उनलाई अहिलेसम्म सम्झाइ रहन्छ पुराना अतित । 

आरजे—भिजे हुँदै मोडलिङ पनि

रेडियोमा काम गरिरहेका लामा पछिल्लो समय म्युजिक भिडियोहरुमा पनि देखिन लागेका छन् । उनी भन्छन्, ‘आरजेभन्दा भिजे हुन निकै समस्या । अफस्क्रिनमा बसेर कार्यक्रम सञ्चालन गर्नुपर्दा भ्वाइसमा मात्र ध्यान दिए पुग्ने तर स्क्रिनमा आउँदा बडिल्यांग्वेजदेखि जेस्चर, भ्वाइस, एक्टिङ, डे«सिङलगायतका कुरामा विशेष ध्यान दिनुपर्ने भएकाले भिजे बन्न निकै समस्या पर्दो रहेछ ।’

उनी सार्वजनिक कार्यक्रममा कार्यक्रम सञ्चालकका रुपमा पनि देखिन्छन्, अहिले उनी टिभी टुडेमा कार्यक्रम सञ्चालन गर्छन् । र मोडलिङमा पनि पछि छैनन् लामा । यी सबै एउटै क्षेत्रमा पर्ने भएकाले समस्या नभएको उनी बताउँछन् ।

जीवनमा गर्नसके एक फिल्म बनाउने उनको सौख छ । र पूरा हुनेमा आशावादी पनि छन् । हुन त उनले फिल्ममा पनि हात हालिसकेका छन् । उनले फाइटर नामक नेपाली फिल्म र एन अटिष्टिक बोयज भन्ने छोटो चलचित्रमा समेत अभिनय गरेका छन् ।  

पत्रकारका पनि फ्यान

एक दिन उनी भक्तपुर एफएममा कार्यक्रम सञ्चालन गरिरहेका थिए । त्यसैको बीचमा एक जना अपरिचित नम्बरबाट फोन आयो, ‘के हामी तपार्ईंलाई भेट्न सक्छौँ, हामी तपार्इंका फ्यान हौं’ भन्दै । उनले फ्यान हौँ भनीसकेपछि भेट्ने भए ।

तर, जब उनी एफएमको गेट बाट निस्किए केही पर तीन जना केटीहरु हातमा फूलसहित बसेका थिए । तर, लामा त्यहाँ गएनन् । ‘किनकि ‘त्यतिबेला म आफैँ लजालु स्वभावको थिएँ’, उनले भने ।

पछि एक दिन उनी सपिङका लागि एउटा जेन्स सपमा छिरे, कपडा हेर्दै गर्दा परिचय गर्ने क्रममा त्यहाँ काम गर्ने युवती निकै खुसी भइन र लामाको अटोग्राफ पनि मागिन् । त्यो नै लामाले कसैलाई दिएको पहिलो अटोग्राफ हो ।

लामा नेपाल राष्ट्रिय तामाङ घेदुङको संचार प्रमुख समेत रहेका छन् ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै