• २०८१ बैशाख १३ बिहीबार

टिभी स्टार केलीको एउटा ट्वीटले स्न्याप च्याटले गुमायो १.३ अर्ब डलर ! 

kharibot

काठमाडौँ । रियालिटी टिभी स्टार केली जेनरको एक ट्वीटले चर्चित सामाजिक संजाल स्न्याप च्याटले अरबौ रुपैयाँ गुमाएको छ । 

सेलिब्रेटी किम करदशियाकि सौतेली बहिनि जेनरले -'के अरु कसैले पनि स्न्याप च्याट खोल्न बन्द गरेको हो ? या केबल मैले मात्र यस्तो गरेकी छु...यो निकै दुखद हो’ भन्ने ट्वीट गरेपछि सेयर बजारमा स्न्याप च्याटको मुल्य एकाएक घटेको थियो । शुरुमा ८ प्रतिशतसम्म घटेको सेयर मुल्य पछी सम्हालिदै ६ प्रतिशत घटे पनि यसले स्न्याप च्याटका लगानी कर्तालाई भने करिब १.३ अर्ब डलरको घाटा लगाइदियो । 

अहिले फेसबुक र इन्टा बग्रामसँग कडा प्रतिष्पर्धा गरिरहेको स्न्याप च्याटलै केलीको एक ट्वीटले ठुलो झट्का दिएको छ ।

खासमा केलीले यस्तो ट्वीट गर्नुमा स्न्याप च्याटले हालै आफ्नो च्याट एप्सको डिजाइन परिवर्तन गरेको थियो जसलाई अधिकांश प्रयोगकर्ता ले मन पराएका छैनन् । करिब १० लाख प्रयोगकर्ताले पुरानै डिजाइन फिर्ता गर्न माग गरेका छन् । यसै प्रसंगमा केलीले ट्वीट गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेकी थिइन् तर उनको सो ट्वीट निकै महँगो पर्न गयो । केलीका स्न्याप च्याटमा करिब ४५ लाख फलोअर्स रहेका छन् ।

सेयर बजारमा गिरावटको खबर पछी केलीले फेरी ट्वीट गर्दै मैले अहिले पनि स्न्याप च्याटलाइ प्रेम गर्छु...मेरो पहिलो प्रेम’ भनेपनि त्यति बेलासम्म धेरै ढिला भैसकेको थियो ।

यस प्रकरणमा स्न्याप च्याटका प्रमुख इवान स्पाइजेलले नयाँ डिजाइनमा प्रयोगकर्ता एडजस्ट हुन् केहि समय लाग्ने बताएर प्रयोगकर्ताको असन्तुष्टिलाई भने नजरअन्दाज गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै