• २०८१ बैशाख ७ शुक्रबार

हस्तमैथुन गर्नुहुन्छ ? यी कुरा जानी राखौ !

kharibot

काठमाडौं । हस्तमैथुनलाई लिएर अनेक तरहक भ्रमहरु रहेका छन् । कसैले यसलाई गलत र कसैले सहि भनेर भन्ने गरेको पाइन्छ । स्वास्थ्यको हिसाबले हस्तमैथुनलाई राम्रो र सामान्य रुपमा नै लिनुपर्ने विज्ञहरुको धारणा रहेको पाइन्छ । 

हस्तमैथुन गर्नाले मानसिक रुपमा शान्ती महसुस हुने डाक्टरहरुले नै स्पष्ट पारिसकेका छन् । हरेकले फरक फरक ढंगले हस्तमैथुन गर्ने गर्दछन । 

आफुलाई मानसिक रुपमा फिट रहन आफ्नो सेक्स पार्टनर नभएको अवस्थामा हस्तमैथुन गर्नुलाइ सामान्य रुपमा लिन सकिन्छ । यो आफुलाई राम्रो महसुस गर्ने प्राकृतिक तरिका हो ।

सामान्यतया युवा युवती १७ बर्ष उमेर पुगेपछि हस्तमैथुन गर्ने गरेको पाइन्छ । तर सबैले आफ्नो यौन सन्तुष्टिका लागि हस्तमैथुन नै गर्छन र गर्नु पर्छ भन्ने भने छैन ।

मानिसहर मा हस्तमैथुन गर्दा आखामा असर गर्छ, पागल भइन्छ, आँखाको तल कालो दाग बस्छ, शारीरिक विकास रोकिन्छ भन्ने जस्ता भ्रमहरु रहेको पाइन्छ । हस्तमैथुनबाट यस्तो कुनै असर नहुने स्वास्थ्य विशेषज्ञहरुले बताएका छन् । खासमा हस्तमैथुन गर्नाले सेक्स सन्तुष्टी हुने, मानसिक रुपमा तनाव कम हुने गर्दछ जुन हाम्रो स्वस्थ शरीरको लागि अत्यन्त उपयोगी हुने गर्दछ ।

साथै हस्तमैथुनले निन्द्रा लाग्ने र शरीरका अंगहरुलाइ सक्रिय राख्न मद्धत गर्दछ ।

अहिले खास गरि युवतीहरुले हस्तमैथुन का क्रममा आफ्नो यौन अंगमा विभिन्न किसिमका सेक्स टोयको प्रयोग गरेको पाइन्छ । यो तबसम्म सुरक्षित मानिन्छ जबसम्म यसले तपाइँको शरीरलाइ कुनै असर गर्दैन । यस्ता टोयको प्रयोग गर्नु हानिकारक नै नभएपनि सावधानी बहने अपनाउनु पर्दछ ।

यौन अंगमा जाने चिज बेक्टोरिया रहित हो या होइन पक्का गरेर मात्र पयोग गर्नु पर्दछ । यस्ता चिजको प्रयोग गर्नु हुदैन जसमा बेक्टोरिया संक्रमण हुनसक्दछ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै