क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं

खरीबोट

फाइल तस्बिर

ad

जितपुर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । 

यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको छ । 

यसरी अनुगमनका क्रममा शुक्रबार मात्र करिब ६० भारतीय मालवाहक ट्रक भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको पाइएको छ । यातायात व्यवस्था कार्यलय लुम्बिनी बुटवलको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु र बाणगंगा यातायात व्यवसायी समितिको संयुक्त अनुगमन टोलीले नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले नेपाल सरकारले कायम गरेको भारवाहन क्षमताको दोब्बर लोडसहित नेपाल आउने गरेको पाइएको छ । 

यसरी भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्वसमेत छल्ने गरेको पाइएको छ । अनुगमनका क्रममा पि ८१३ एडब्लु ८१६० नं को भारतीय मालबाहक ट्रकले भारतको बलरामपुरमा गाडी तौल गर्दा सामानसहित ४१ टन देखाइएको छ भने सोही गाडी नेपाली तौलपुलमा ४६ टन देखिएपछि पाँच टनको राजश्वसमेत छलेर ती गाडी नेपाल आउने पुष्टि भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । 

यातायात व्यवस्था कार्यालय लुम्बिनी बुटवलका कार्यालय प्रमुख गगन हमालले ओभरलोडसहित नेपाल भित्रिएका त्यस्ता भारतीय मालवाहक ट्रकलाई कारबाही गरिने बताए । 

विगतमा भारतीय मालवाहक ट्रकले ओभरलोडका साथ निर्वाध गुड्ने गरेको भन्दै व्यावसायीले पटकपटक अनुगमनका लागि माग गरिरहँदा पनि जनशक्तिलगायत पूर्वाधार कमीका कारण अनुगमन गर्न नसकिएको उल्लेख गर्दै उहाँले स्थानीय यातायात व्यवसायी सस्थासँगको सहकार्यमा आगामी दिनमा अनुगमनलाई निरन्तरता दिइने बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमरबहादुर कार्कीले भन्सार कार्यालयको लापर्बाहीका कारण भारतीय मालबाहक ट्रक ओभरलोडका साथ नेपाल भित्रिन गरेको बताउँदै भन्सार कार्यालयबाट नै भन्सार गर्ने क्रममा लोड मिलान गरेर पठाउनुपर्नेमा त्यसो नगरिदिदाँ ओभरलोडको समस्या देखिएको बताए । 

“ ओभरलोड भएका भारतीय मालवाहक सवारीलाई कारबाही गर्दै आएको छु, ३५ टन बोक्ने क्षमता भएका ट्रकले ७०÷८० टनसम्म ओभरलोडका साथ आउने गरेका पनि छन्,” उनले भने—“हामीले पटकपटक भन्सार कार्यालयलाई अनुरोध गर्दा पनि यसतर्फ खासै ध्यान दिएको पाईदैन् ।” 

अब नियमितरुपमा भारतीय गाडीलाई नेपाली तौलपुलमा हाली तौल गरेर मात्र पठाउने बाणगंगा यातायात व्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताए । 

कृष्णनगर भन्सार कार्यालयका प्रमुख बिन्देस्वरप्रसाद लेखकले राजश्व छली नभएको तर केही गाडीमा ओभरलोडको समस्या हुन सक्ने बताए । 

सम्बन्धित समाचार

दशौ कपिलवस्तु महोत्सव मङ्सिर १८ गतेदेखि पुस १ गतेसम्म हुने

काठमाडौँ।  कपिलवस्तुमा दशौ कपिल्वस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुने भएको छ । सोमबार काठमाडौँको नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा दशौ कपिलवस्तु महोत्सवबारे जानकारी दिइएको छ।  कार्यक्रममा बोल्दै प्रतिनिधि

कपिलवस्तु घटना ११ वर्ष बित्दा पनि पीडितले राहत नपाएको गुनासो

कपिलवस्तु। कपिलवस्तु घटनाका पीडितले ११ वर्ष बित्दा पनि अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । विसं २०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय नेता अब्दुल मोहिद

कपिलवस्तुमा ७ महिनाकी गर्भवती महिला बलात्कृत, ३ जना पक्राउ 

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाकी गर्भवती महिला बलात्कृत भएकी छन्।  बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विजय नगर गाउंपालिका वडा नंं. ७ का ३

कपिलवस्तुमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो 

कपिलवस्तु।  कपिलवस्तु जिल्ला युवा समितिले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ ।  १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम गरी जिल्ला युवा समितिले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो । 'युवाका लागि सुरक्षित वातावरण'