• २०८१ बैशाख ७ शुक्रबार

टर्कीले २ सय २७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो

kharibot

अंकारा [टर्की] । अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ ।

मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुन: शुरु भएदेखि कम्तिमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ ।

शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ । 

यस देशले पहिले नै ४ मिलियन शरणार्थीहरूलाई होस्ट गरेको छ । हालै आप्रवासीहरूको नयाँ आगमनलाई रोक्न आफ्नो सिमानामा नयाँ सुरक्षा उपायहरू लिइरहेको छ । एरियाना न्युजले रिपोर्ट गरेको छ।

गत वर्षको अगस्टको मध्यमा तालिबानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानले निमरोज प्रान्त र टर्की हुँदै इरानजस्ता छिमेकी देशहरूमा अफगानीहरूको ठूलो संख्यामा पलायन मात्र  भएको छैन सँगै जटिल समस्या पनि निम्तिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै