• २०८१ बैशाख ८ शनिबार

‘सरकार जोगाउन इमरान खानले सेनासँग याचन गरे’

kharibot

काठमाडौं । पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन् । 

‘इमरान खान यति निराश थिए कि आफ्नो सरकार जोगाउन सेनासँग अन्तिम समयसम्म याचना गरेका थिए ।

आफूविरुद्धको अविस्वासको प्रस्तावको पूर्वसन्ध्यामा उनले पूर्वराष्ट्रपति तथा पीपीपीका सहअध्यक्ष असिफ अली जर्दारीसँग सहयोग मागेका थिए’, म्यारियमले भनिन् । 

म्यारियम नवाज सरिफकी छोरी हुन् । आफ्नो ७५ वर्षको इतिहासमा पाकिस्तानी सेनाले बारम्बार निर्वाचित सरकार कु गर्दै आएको छ ।

त्यस्तै, सुरक्षा र विदेश मामिलामा पनि सेनाको हस्तक्षेप देखिन्छ । यद्यपि, सेनाले शहबाज शरीफ र खानबीचको हालैको झगडाबाट आफूलाई अलग राखेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै