• २०८१ बैशाख १३ बिहीबार

बिलावल भुट्टो बने पाकिस्तानको विदेशमन्त्री

kharibot

काठमाडौँ । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारी विदेशमन्त्री बनेका छन् ।

बुधबार केन्द्रीय मन्त्री पदको शपथ लिए भुट्टोलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइने पाकिस्तानी मिडियाहरुले बताएका छन् । उनलाई पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शपथ गराएका हुन् ।

सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ पनि उपस्थित थिए ।

बिलावल भुट्टोकी आमा बेनजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् भने उनका पिता आसिफ अली जर्दारी पाकिस्तानको राष्ट्रपति बनिसकेका छन् । ३३ वर्षीय बिलावल भुट्टो सन् २०१८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

इमरान खानको सरकारको पतनपछि पाकिस्तानमा पीएमएल (नवाज) का शाहबाज शरीफको नेतृत्वमा गठबन्धन सरकारले सत्ता हातमा लिएको छ । पाकिस्तान पिपुल्स पार्टी यो गठबन्धन सरकारको महत्वपूर्ण सहयोगी हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै