इपिजी बैठक : सुझावको मस्यौदालाई अन्तिमरुप दिने सहमति

खरीबोट

काठमाडौँ ।  नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को यहाँ जारी सातौँ बैठकमा मस्यौदाको स्वरुपलाई अन्तिमरुप दिने सहमति भएको छ । 

हालसम्मका बैठकका उपलब्धिलाई लिपिबद्ध गरी मस्यौदालाई अन्तिम रुप दिन बैठकमा सहमति भएको समूहका एक सदस्यले बताए । बैठकबारे जानकारी दिन भोलि अपराह्न पत्रकार सम्मेलन गरिने उनले जनाए । 

मैत्री एवं सौहार्दपूर्ण वातावरणमा भएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा विचारविमर्श भएको थियो । 

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार इपिजी गठन भएको हो । 

तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उक्त सहमति भएको थियो । त्यसअघि २३ वर्षपछि काठमाडौँमा नै सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुवै देशका परराष्ट्र सचिवलाई इपिजी गठनका निम्ति आवश्यक गृहकार्य गर्न निर्देशन दिएको थियो । 

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका बेला परिवर्तित परिस्थितिअनुरुप बहुआयामिक नेपाल–भारत सम्बन्धलाई प्रगतिशील एवं अग्रगामी तुल्याउन इपिजी गठनको आवश्यकतामा जोड दिइएको थियो, जसलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वीकार गरेका थिए । 

सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको इपिजीको कार्यकाल आगामी चार महिनामा समाप्त हुँदैछ । 

सम्बन्धित समाचार

इपिजी प्रतिवेदन पेशमात्र होइन कार्यान्वयन पनि हुन्छ- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ। नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँडै पेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने

साझा प्रतिवेदन तयार गरी इपिजीको नवौँ बैठक सम्पन्न

काठमाडौँ । नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक सम्पन्न भएको छ ।  दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन

नेपाल र भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आजदेखि काठमाडौँमा सुरु

काठमाडौँ  । नेपाल र भारतबीचका सन्धिसम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आजदेखि यहाँ शुरु भएको छ ।  दुई दिनसम्म चल्ने बैठकले सम्भवतः हालसम्म

‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’

काठमाडौँ ।  नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ ।  समूहको सातौँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा उक्त


z