काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो

खरीबोट
ad

काठमाडौँ ।  नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ । 

काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो । 

परिमार्जित विधानलाई भोलि आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले तीनवटै तह स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गरेकामा सभापति देउवालाई धन्यवाद ज्ञापन गरेको छ । 

त्यस्तै, काँग्रेसले तत्कालीन देउवा सरकारले राष्ट्रियसभाका लागि तीन सदस्य मनोनीत गरेकामा राष्ट्रपतिले बदर गर्नु असंवैधानिक कदम भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । 

काँग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी नयाँ विधान बनाएको हो । अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद् बनेको हुनाले त्यसअनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने हुन्छ । 

काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ । 

सांसदहरुले पार्टीलाई सशक्त रुपमा अघि बढाउन सहमतिका आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता खाँणले बताए । 

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदारसहित अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेको नेता बालकृष्ण खाँणले बताए । 

सम्बन्धित समाचार

काँग्रेस नेता महेश दाहाल नेकपामा प्रवेश

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेकपामा प्रवेश गरेका छन् ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक

कांग्रेसलाई पार्टीभित्रैबाट चुनौती : नेता केसी  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चुनौती रहेको बताएका छन् ।  सोमबार रिपोर्टर्स

काँग्रेसको सभापति अब कोइराला परिवारबाट हुन्छ - महामन्त्री कोइराला  

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाटै सभापति हुने खुलासा गरेका छन् । कार्यकर्ताले नै कोइराला परिवारबाटै सभापति चाहेकाले आफूहरु त्यसको लागि तयार भएको बताए । रुपन्देहीको बुटवलमा

काँग्रेसको विधान मस्यौदा सातै प्रदेशमा लगिने

काठमाडौँ। नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।  असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा