प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

खरीबोट
ad

कञ्चनपुर ।  माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । 

अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताएका छन् ।  

उहाँले प्रदेश सरकारले मानव बेचबिखनविरुद्ध कडा कानून बनाउने बताए । सरकारले कानून बनाएर मात्र यस्ता अपराध घटने होइन उनले भने, “ कानून कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई समेत हामी कडा निर्देशन दिन्छौँ ।” 

मुख्य मन्त्री भट्टले खुला सिमानाका कारण मानव बेचबिखनका घटना बढ्दै गइरहेकाले त्यसलाई न्यूनीकरण गर्न केन्द्रीय सरकारसँग पहल गरेर हेल्प डेस्कको स्थापना गर्ने बताए । महाकालीदेखि मेचीसम्मका सात ठाउँमा जनचेतनासम्बन्धी कार्यक्रम गरिने अभियानको नारा ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखनविरुद्ध गरौँ खबरदारी’ भन्ने रहेको छ । 

सम्बन्धित समाचार

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरीमा राख्न सिफारिश 

कैलाली। प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ राख्न संसदीय समितिले सुझाव दिएको छ ।  प्रदेशको नाम र राजधानी तोक्न गएको साउन १४ गते सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

बैतडी।  प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले

प्रदेशको नामाकरणका लागि सुझाव दिन गठित समितिको म्याद थप

धनगढी। प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र प्रदेशको नामाकरणका लागि सुझाव दिन गठित ‘विशेष सुझाव समिति’को म्याद एक हप्ता थपिएको छ ।  समितिले छलफल तथा परामर्शका लागि थप

प्रदेश ७ को राजधानी रहने स्थान र नामकरणबारे सुझाव दिन समिति गठन 

धनगढी ।  आजको बैठकमा प्रदेश नं ७ को राजधानी रहने स्थान र प्रदेशको नामाकरणका सम्बन्धमा यही साउन २१ गतेभित्र आवश्यक सुझाव पेश गर्नका लागि ‘विषेश सुझाव समिति‘ गठन गरिएको जानकारी सभामुख