• २०८१ बैशाख ६ बिहीबार

राष्ट्र बैंकद्धारा लक्ष्मी बैंक र मेगा बैकलाई कारवाही

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र मेगा बैंकलाई कारवाही गरेको छ ।

बाँणिज्य बैकहरुले कुुन निक्षेपको छ प्रतिसत रकम अनिवार्य नगद मौज्दात (सिआरआर) को रुपमा राष्ट्र बैंकमा राख्नु पर्ने भएपनि लक्ष्मी बैंक र मेगा बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा उक्त रकम नराखेपछि सोही बित्तीय बिवरणका आधारमा ति बैकहरु कारवाहीमा परेका हुन । 

कारवाहीस्वरुप राष्ट्र बैकले दुबै बैंकलाई नगद जरिवाना तिराएको छ । चुक्ता पुंजी आठ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको लक्ष्मी बैकले चालु आवको पुस मसान्तसम्म ६० अर्ब २७ करोड ९३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । 

राष्ट्र बैकको नियम अनुसार उक्त निक्षेपको छ प्रतिसतले हुन आउने रकम राष्ट्र बैकमा जम्मा गर्नुपर्ने थियो । तर बैंकले उक्त सिआरआर सम्वन्धी उक्त व्यवस्था कार्यान्वयन नगरेपछि हामीले लक्ष्मी बैंकलाई कारवाहीस्वरुप पाँच लाख ४० हजार दुई सय २४ रुपैयाँ ७७ पैसा जरिवाना तिराएका हौं, राष्ट्र बैंकले भनेको छ ।

लक्ष्मी बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ५१ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने ५५ अर्ब दुई करोड २७ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दसमलव २९ प्रतिसत रहेको छ । 

चुक्ता पुंजी सात अर्ब ३७ करोड ६७ लाख ४३ हजार रुपैयाँ रहेको बैकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ४५ अर्ब ५७ करोड ३७ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सोही आधारमा मेगाले कुल निक्षेपको छ प्रतिसतले हुन आउने रकम (सिआरआर) को रुपमा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने थियो । तर मेगाले सिआरआर कायम गर्ने नसकेपछि राष्ट्र बैकले दुई लाख २६ हजार नौ सय ७८ रुपैयाँ ३३ पैसा जरिवाना तिराएको छ । चालु आवको दोस्रो त्रैमासिक अवधिमा ३९ करोड ३६ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको ४० अर्ब ७६ करोड ७५ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा तीन अर्ब ८९ करोड ७७ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव ९६ प्रतिसत रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै