• २०८१ बैशाख १३ बिहीबार

साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिको भेटवार्ता

kharibot

रियाद । साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिले शुक्रबार भेटवार्ता गरेका छन् । राजा सलमान विन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद विन सलमानसँग टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले साउदी राजदरबारमा भेटवार्ता गरेका हुन् ।  

आफूहरूको भेटवार्ता अत्यन्त उपलब्धीमूलक भएको र आपसी सम्बन्धमा नयाँ युगको सुरुवात भएको टर्कीका राष्ट्रपति एर्दोगानको भनाई छ । 

उनले भनेका छन्, “साउदी अरबका राजा र युवराजसँग मेरो भेटवार्ता ऐतिहासिक भएको छ, यो भेटवार्तासँगै दुई देशको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ ।”

दाजुभाइ जस्ता दुई छिमेकी मुलुकका बीचमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको पनि उनले जानकारी दिए । 

“एक अर्कालाई सम्मान गर्दै राजनीतिक, आर्थिक, सांस्कृतिक र सैन्य क्षेत्रमा एक अर्कालाई सघाउने र सहकार्य गर्ने सहमति भएको छ,” उनले भने । 

राष्ट्रपति एर्दोगानका अनुसार स्वास्थ्य सेवा, उर्जा, खाद्य सुरक्षा, कृषि प्रविधिलगायतका विषयमा पनि सहकार्य गर्ने तयारी भएको छ । 

सहकार्यलाई बढाउने दुवै देशको संयुक्त चासो र रुचि भएकाले भविष्यमा सहकार्य गर्ने सहमति प्रभावकारी रुपमा कार्यान्वयन हुने पनि उनले विश्वास व्यक्त गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै