भुलेर पनि यी अंगमा हात नलगाउनुहोस्, यी हुन् बेफाइदाहरु ?

खरीबोट
ad

काठमाडौं । तपाईंलाई नसोच्न पनि सक्नुहुन्छ कि आफ्नै स साना गल्ती, नराम्रो बानीले गर्दा हामी रोगको शिकार हुनसक्छौँ । शरीरको कुनै भाग यस्तो संवेदनशील हुन्छ, जहाँ हात नलगाउनुस्, यस्तो गर्दा तपाईलाई समस्या आउनसक्छ । कुन अंगमा हात लगाउदा के नोक्सान हुन्छ ः

कानमा औँला घुसाउनुहुँदैन
तपाईंले आफ्नो  कानमा औँला तथा कुनै पनि कुरा घुसाउनहुँदैन । यसरी कानमा कुनै पनि चिज घुसाउँदा कानभित्रको झिल्ली फुट्न सक्छ । 

तपाईंको अनुहार 
तपाईंको हात पटक–पटक अनुहारमा लगाउने बानी हुनसक्छ । तर तपाईंको हातको औँलाबाट अनुहार टाढा राख्नुपर्दछ । तपाईंका हातको औँला रोगका किटाणु भएको ठाउँमा पनि राखिएको हुन्छ । यसकारण हात तपाईंको अनुहारमा राख्दा तपाईंलाई असर गर्नसक्छ । 

नितम्बमा हात नराख्नु 
धुन तथा पुछ्नुबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन । यहाँ जीवाणु पाइन्छ  जुन हानिकारक हुनसक्छ । यदि कुनै कारण तपाईं नितम्ब छुनुभयो भने तुरुन्तै हात धुनुपर्छ । 

आँखालाई पटक–पटक नछुने
आँखामा केही पर्याे भने वा धुने बेलामा मात्र हात लगाउनुहोस् । अन्यथा हात आँखामा पुर्याउन तथा चलाउनुहुँदैन । तपाईं यसो गर्नुहुन्छ भने आँखामा हानिकारक जीवाणु प्रवेश गर्नसक्छ । यसले तपाईंको आँखामा असर पार्न सक्छ । त्यसैले कहिल्यै पनि आँखामा छुने चलाउने गर्नुहुन्न । 

मुखमा औँला नराख्ने 
तपार्इं पटक–पटक हातका औंला मुखमा लाने गर्नुहुन्छ, अधिकांशको बानी यस्तै हुन्छ । यतिसम्म कि तपाईं व्यस्त समयमा पनि मुखमा औंला पुर्याउनुहुन्छ । तर युकेको एक अध्ययन अनुसार मुखमा औंला राख्ने बानीले गर्दा  एकतिहाइ किटाणु शरीरभित्र प्रवेश गर्ने देखाएको छ । 

नाकमा आंैला घुसाउँदा
तपार्इं आफ्नो नाकमा औंला राख्दा शरीरमा स्टाफाइलोकाकस आरस नामक ब्याक्टेरिया प्रवेश गर्ने बढी सम्भावना हुन्छ । यो एक खतरनाक ब्याक्टेरिया हो । यसले शरीरको जुनसुकै भागमा असर गर्न सक्छ । 

नङमुनिको छाला
नङमुनिको छालामा धेरै किसिमका ब्याक्टेरिया हुनसक्छ । तपाईंको नङ छोटो बनाउने ब्रस गर्ने ता कि ब्याक्टेरिया कम होस् । र तपाईं नङमुनिको छालाबाट हुने असर कम हुन्छ । 

सम्बन्धित समाचार

कुमारीको हातबाट टीका ग्रहण

भक्तपुर। विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ ।  विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण

हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर। एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय

आज विजयादशमी : मान्यजनको हातबाट टीकाग्रहण गरिँदै 

काठमाडौं । आज बडादशैँको दशौँ दिन अर्थात् विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ । आज आश्विन शुक्ल दशमी यो पर्वकै विशेष महत्वको दिन पनि हो । आज घरका मान्यजन, आफूभन्दा ठूलाबडाको

समाजसेवी गुरुङको हातबाट किड्स आइकनका विजेतालाई पुरस्कार 

काठमाडौँ । मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ का विजेताहरुले समाजसेवी जगत बहादुर  गुरूङको हातबाट पुरस्कार पाएका छन् । गुरुंगको प्रमुख आतिथ्य  तथा प्रमिला तामाङको सभापतित्वमा भएको कार्यक्रममा पुरस्कार


z